
बझाङ: केदारस्यूँ गाउँपालिकामा सामुदायिक विद्यालयका लागि मोटिभेसन कार्यशाला कार्यक्रम सुरु भएको छ ।
केदारस्यूँ गाउँपालिका-९ को झोतामा रहेको भैरव माध्यमिक विद्यालयमा सनिवारदेखि तीनदिने मोटिभेसन कार्यशाला कार्यक्रम सुरु भएको हो । सामुदायिक विद्यालयहरूका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , प्रधानाध्यापक , शिक्षक , अभिभावक र विद्यार्थीका लागि तीनदिने मोटिभेसन कार्यशाला कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

केदारस्यूँ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले संगितमय व्यायाम , प्रार्थना व्यवस्थापन , शैक्षिक व्यवस्थापन र असल शैक्षिक अभ्यासको आदानप्रदान गर्नका लागि तीनदिने कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

बिद्यार्थीलाई दैनिक विद्यालयमा उपस्थित गराई शिक्षण सिकाई क्रियाकलापमा अनुशासित ढंगले सक्रिय पार्न , विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक , शिक्षक , र अभिभावकहरूलाई विद्यालय र विद्यार्थी प्रति जवाफदेही तथा उत्तरदायी बनाउने कार्यक्रमको उदेश्य रहेको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्राविधिक सहायक हिक्मत बहादुर भण्डारीले बताउनुभयो ।


कार्यक्रममा केदारस्यूँ गाउँपालिका मातहत रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक , शिक्षक विद्यार्थी, व्यवस्थापन समिति पदाधिकारी तथा शिक्षक अभिभावक संघ पदाधिकारी र अभिभावकको सहभागिता रहने छ । कार्यक्रमको पहिलोदिन सनिवार गाउँपालिकाका जनप्रतिनिधि , शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रतिनिधि , सामुदायिक विद्यालय मावि तहबाट २जना शिक्षक एकजना महिला शिक्षक सहित , आधारभूत तहबाट एकजना शिक्षक , र सबै विद्यालयबाट ५/ ५ जना विद्यार्थीको सहभागीता रहेको थियो । दोस्रोदिन आइतबार कार्यक्रममा पालिका मातहतका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक , व्यवस्थापन समिति अध्यक्षको सहभागिता रहेन छ । त्यस्तै कार्यक्रमको अन्तिम दिन सोमबार गाउँपालिकाका जनप्रतिनिधि , सामुदायिक विद्यालयका शिक्षक , व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी , सम्पूर्ण अभिभावक र विद्यार्थीको सहभागिता रहनेभएको छ ।
कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराको अध्यक्षतामा भएको थियोे । अतिथिमा गाउँपालिका उपाध्यक्ष मनिषा धामी , निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज जोशी, वडा नम्बर-९ का वडाध्यक्ष नन्दलाल बोहरा , शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख केशवराज भट्ट , अन्य पदाधिकारी, गाउँपालिका कर्मचारी , विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ र शिक्षक अभिभावक रहनु भएको थियोे ।
कार्यक्रमको प्रशिक्षण प्रशिक्षक कालिका मानवज्ञान माध्यमिक विद्यालयका मोटिभेटर हरिश ओलीले गरिरहनु भएको छ । त्यस्तै कार्यक्रमको अर्को लक्ष्य पिटि शिक्षकलाई तालिम प्रदान गर्ने रहेको छ।
































