कालु सिंह बिष्ट मृत्यु प्रकरण : हत्याको आशंकामा एक युवक पक्राउ

Image
Nisarga Hospital

डोटी: डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का अन्दाजी ७४/७५ वर्षीया कालु सिंह बिष्टको मृत्यु प्रकरणमा हत्याको आशंकामा एक युवक प्रक्राउ परेका छन् ।

CP Hospital Dhangadhi

बिष्टको हत्या गरेको आशंकामा दिपायल सिलगढी नगरपालिका – ६, सिलगढीका अन्दाजी २१/२२ बर्षका युवा सरोवर श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

Attariya Hospital

तीन दिनदेखि सम्पर्कमा नरहेका बिष्टको खोजी गर्ने क्रममा यही भदौ २० गते विहीबार आफ्नै घरभित्र कोठामा मृत अवस्थामा फेला परेको थिए । घरको बाहिर ढोकामा ताल्चा लगाइएको तर भित्र कोठामा बिष्ट मृत भेटिएकाले घटनाका सम्बन्धमा तत्कालै अनुसन्धान टोली गठन गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

nawajiwan

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीसङ्गको समन्वय र जिल्ला प्रहरी कार्यालय कैलाली समेतको सहयोगमा शंकास्पद व्यक्ति श्रेष्ठलाई पक्राउ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।