केदारस्यूँ गाउँपालिकामा प्रार्थना व्यवस्थापन र असल विद्यार्थी तथा अभिभावकत्व सम्बन्धि उत्प्रेरणा कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

बझाङः केदारस्यूँ गाउँपालिकामा प्रार्थना व्यवस्थापन र असल विद्यार्थी तथा अभिभावकत्व सम्बन्धि उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

केदारस्यूँ गाउँपालिका-९ को झोतामा रहेको भैरव माध्यमिक विद्यालयमा सनिवारदेखि सुरु भएको प्रार्थना व्यवस्थापन र असल विद्यार्थी तथा अभिभावकत्व सम्बन्धि तीनदिने उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको हो ।

सामुदायिक विद्यालयहरूका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , प्रधानाध्यापक , शिक्षक , अभिभावक र विद्यार्थीका लागि तीनदिने प्रार्थना व्यवस्थापन र असल विद्यार्थी तथा अभिभावकत्व सम्बन्धि उत्प्रेरणा कार्यक्रम आयोजना गरिएको थियोे ।

nawajiwan

केदारस्यूँ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले संगितमय व्यायाम , प्रार्थना व्यवस्थापन , शैक्षिक व्यवस्थापन र असल शैक्षिक अभ्यासको आदानप्रदान गर्नका लागि तीनदिने कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

बिद्यार्थीलाई दैनिक विद्यालयमा उपस्थित गराई शिक्षण सिकाई क्रियाकलापमा अनुशासित ढंगले सक्रिय पार्न , विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक , शिक्षक , र अभिभावकहरूलाई विद्यालय र विद्यार्थी प्रति जवाफदेही तथा उत्तरदायी बनाउने कार्यक्रमको उदेश्य रहेको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्राविधिक सहायक हिक्मत बहादुर भण्डारीले बताउनुभयो ।

कार्यक्रममा केदारस्यूँ गाउँपालिका मातहत रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक , शिक्षक विद्यार्थी, व्यवस्थापन समिति पदाधिकारी तथा शिक्षक अभिभावक संघ पदाधिकारी र अभिभावकको सहभागिता रहेको थियोे । कार्यक्रमको पहिलोदिन सनिवार गाउँपालिकाका जनप्रतिनिधि , शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रतिनिधि , सामुदायिक विद्यालय मावि तहबाट २जना शिक्षक एकजना महिला शिक्षक सहित , आधारभूत तहबाट एकजना शिक्षक , र सबै विद्यालयबाट ५/ ५ जना विद्यार्थीको सहभागीता रहेको थियो । दोस्रोदिन आइतबार कार्यक्रममा पालिका मातहतका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक , व्यवस्थापन समिति अध्यक्षको सहभागिता रहेको थियोे, भने त्यस्तै कार्यक्रमको अन्तिम दिन सोमबार गाउँपालिकाका जनप्रतिनिधि , सामुदायिक विद्यालयका शिक्षक , व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी , सम्पूर्ण अभिभावक र सबै विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियोे ।

Attariya Hospital

कार्यक्रम समापन गर्नुअघि प्रशिक्षक कालिका मानवज्ञान माध्यमिक विद्यालयका मोटिभेटर शिक्षक हरिश ओलीले शिक्षक, विद्यार्थी,अभिभावक, विद्यालय व्यवस्थापन समितिको भुमिका बारे अन्तरक्रिया गर्नु भएको थियोे ।


समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहर, उपाध्यक्ष मनिषा धामी , वडा नम्बर २ का अध्यक्ष शेरबहादुर बिष्ट, ४ का अध्यक्ष कल्यान मल्ल , ५ का अध्यक्ष मोहन ठगुन्ना , ७ का अध्यक्ष चन्द्रबहादुर धामी, ८ का अध्यक्ष सुरेश बहादुर जेठारा, वडा नम्बर-९ का वडाध्यक्ष नन्दलाल बोहरा , शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख केशवराज भट्ट , अन्य पदाधिकारी, गाउँपालिका कर्मचारी , विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ र शिक्षक अभिभावक विद्यार्थीको उपस्थिति रहेको थियोे ।

प्रशिक्षक ओलीले समापन कार्यक्रममा बोल्दै आफूले प्रदान गरेको सीप व्यवहारमा लागू भएपछि मात्रै आफ्नो कार्यक्रम सफल भएको मान्ने बताउँदै, तीनदिने कार्यक्रममा सिकेको सीप व्यवहारमा लागू गर्नपनि अनुरोध गर्नु भएको थियोे ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले गाउँपालिका शिक्षा शाखाले आयोजना गरेको प्रार्थना व्यवस्थापन र असल विद्यार्थी तथा अभिभावकत्व सम्बन्धि उत्प्रेरणा कार्यक्रम निकै राम्रो भएको धारणा राखेका थिए ।

त्यस्तै गाउँपालिका अध्यक्ष बोहराले पालिकाले गर्ने शिक्षा सम्बन्धि हरेक कार्यक्रम विद्यार्थीकै लागि भएको धारणा राख्नुभएको थियोे । उहाँले प्रार्थना व्यवस्थापन र असल विद्यार्थी तथा अभिभावकत्व सम्बन्धि क्षमता अभिवृद्धिका लागि भैरव माविका व्यवस्थापन समिति अध्यक्ष मदनराज गिरीले माग गरेपछि आफूले पालिका भरकै विद्यालयका निम्ति उक्त कार्यक्रम आयोजना गरेको बताउनुभयो । सिकेको सीप क्षमता व्यवहारमा लागू गर्न तथा निरन्तरता दिन शिक्षक, अभिभावक , विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थीलाई सबैमा अनुरोध समेत गर्नु भएको थियोे ।

त्यस्तै आजै केदारस्यूँ गाउँपालिका- ४ बागथलामा रहेको शिक्षोदय माध्यमिक विद्यालयमा ४५ मिनेट प्रार्थना व्यवस्थापन र असल विद्यार्थी तथा अभिभावकत्व सम्बन्धि उत्प्रेरणा कार्यक्रम गरिएको थियोे ।