
बझाङ: केदारस्यूँ गाउँपालिका-९ झोतामा सेवा दिदैँ आएको कृष्ण सुनचाँदी गहना पसलले आफ्नो सेवालाई थप सुदृढ गरेको छ । लामोसमयदेखि झोतामा ग्राहक वर्गलाई सेवा दिँदै आएको कृष्ण सुनचाँदी गहना पसल झोताले आजदेखि आफ्नो सेवालाई थप सुदृढ गरेको हो ।

ग्राहकको मन जित्न सफल उक्त सुनचाँदी पसलले अहिले ग्राहकको आवश्यकताको आधारमा सहज र सरल तवरले सेवा प्रवाह गर्ने उदेश्यले आफ्नो सेवालाई थप सुदृढ पारेको पसलका सञ्चालक दिपेन्द्र सोपले बताउनुभएको छ ।


पहिले भन्दा अहिले व्यवस्थित रुपमा आफूले सेवा सुरु गरेको उनको भनाइ छ । सेवालाई सुदृढ गरेसँगै सोमबार उद्घाटन गरिएको छ ।
अबदेखि निरन्तर ग्राहकलाई सस्तो सुलभ मुल्यमा सेवा प्रदान गर्ने सञ्चालक सोपले बताउनुभयो ।
उनलेे ग्राहकलाई सस्तो सुलभ र सुनमा ग्यारेन्टी सहितको सेवा दिन लागेको र सेवा लिन सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गर्नुभएको छ ।
सेवा सम्बन्धि जानकारी लिनका लागि 9865904171 मा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् ।

































