
बैतडी: राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१ औँ वार्षिकोत्सवबाट वर्ष उत्कृष्ट महिला जुनियर खेलाडीबाट एथलेटिक्सका देवकी कुमारी धामी सम्मानित भएकी छन् । बैशाखमा काठमाडौँमा सम्पन्न १४ औँ केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको एथलेटिक्स तर्फको ३ हजार मिटर दौड प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गरेकी सिगासकी चेली देवकी कुमारी धामी सम्मानित भएकी हुन् । देवकीले ३ हजार मिटर दौड प्रतियोगितामा १० मिनेट ५२.८२ सेकेन्डमा पार गर्दै प्रथम बनेकी थिइन्।

सिगास गाउँपालिका २ धौलाडी घर भएकि भएकी देवकी शिवलिङ्ग माध्यमिक विद्यालय धौलाडीमा अध्ययनरत छिन् । उनि गाउँमै हुर्किएर गाउँमै पढिरहेकि छिन्। उनलेे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको गाउँपालिका स्तरीय हुदै जिल्ला र प्रदेशमा प्रथम स्थान हासिल गरे पछि केन्द्रीय स्तरीय प्रतियोगिताको लागि छनौट भएकि थिइन। भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा हिजो भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाइ अवार्ड दिनुभएको छ ।

दुर्गम सिगासमा जन्मिएकि देवकीले दौड प्रतियोगितामा ३००० मिटर १० मिनेट ५२.८२ सेकेन्डमा पार गर्दै जुनियर तर्फ रेकर्ड राख्न सफल भएकी थिईन ।
सिगास गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल सिगास गाउँपालिका २ की देवकी कुमारी धामीले सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै सिगास गाउँपालिका लाइ सुदूरपश्चिम प्रदेशमा चिनाउन सफल भएकी थिईन ।

बैतडी जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास गाउँपालिका लाइ एथलेटिक्स तर्फको दौडमा विभिन्न स्थान हासिल गर्दै पदक दिलाएकी देवकीले सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि बैतडी जिल्ला बाट प्रतिनिधित्व गर्दै पदक दिलाएकी थिइन ।
देवकी कुमारी धामीले सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै १५ सय मिटर छात्रा दौड र ३ हजार मिटर छात्रा दौडमा प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक दिलाएकी थिइन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१ औँ वार्षिकोत्सवबाट वर्ष उत्कृष्ट महिला जुनियर खेलाडीबाट एथलेटिक्सका देवकी कुमारी धामी सम्मानित भएको प्रति गौरवान्वित महसुस भएको सिगास गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश प्रसाद भट्टले बताए ।
यस्ता खेलले खेलाडीको पहिचान हुनुका साथसाथै सिगास गाउँपालिकालाई राष्ट्रमा हेर्ने दृष्टिकोण परिवर्तन हुने साथै सिगास गाउँपालिकामा खेलकुद क्षेत्रमा विशिष्ट सम्भावना रहेको बताउदै आगामी दिनमा पनि शिक्षा युवा तथा खेलकुद क्षेत्रमा निरन्तर लागिरहने शिक्षा अधिकृत भट्टले बताए ।

































