टेम्पल टेक्निकल कलेजद्वारा नयाँ विद्यार्थीलाई स्वागत

Image
Nisarga Hospital

धनगढी ः धनगढीको टेम्पल टेक्निकल कलेजले शैक्षिक सत्र २०८१ का नव आगन्तुक होटल म्यानेजमेन्ट विद्यार्थीलाई स्वागत गरेको छ । मंगलबार कलेजले एक औपचारिक कार्यक्रमको आयोजना गरी कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको हो। टेम्पल टेक्निकल कलेजका प्रबन्ध निर्देशक चेतराज जोशीको सभाध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा ग्रीन गोदावरी रिसोर्टका सञ्चालक युवा व्यवसायी प्रज्वल भट्ट रहेका थिए ।
टेम्पल टेक्निकल होटल म्यानेजमेन्ट कलेजका प्रबन्ध निर्देशक चेतराज जोशीले शैक्षिक सत्र सुरु भए सँगै नव आगन्तुक विद्यार्थीहरूलाई विशेष गरेर विद्यार्थीहरूको उत्साह र मनोबल बढोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

CP Hospital Dhangadhi

यस्तै प्रबन्ध निर्देशक जोशीले विभिन्न क्षेत्रका विद्यार्थीहरूलाई सिपमुलक शिक्षा होटल म्यानेजमेन्ट अध्यापन गराएर कलेजबाट सिकेको शीपद्वारा आत्मनिर्भर बनाई विद्यार्थीहरुमा सकुशल रोजगार दिलाउने उद्देश्यले स्थापना गरिएको कलेज स्थापना कालदेखि विभिन्न क्षेत्रका विद्यार्थीहरूलाई अध्यापन गराएर उचित शिक्षा हासिल प्रदान गरेर प्रवृत्तिमैत्री बनाएर विश्वका विभिन्न पाँच तारे होटल, रिसोर्ट लगायतका रोजगार क्षेत्रमा स्थापित गरिसकेको बताए ।

Attariya Hospital


कलेजको मुख्य उद्देश्य भनेको थोरै लगानीमा उचित शिक्षा हासिल गराउने साथै विद्यार्थीहरूले उचित शिक्षा गरेसँगै उनीहरूलाई रोजगारीको सृजनाका लागी हातेमालो गर्दै विद्यार्थीहरूलाई स्वरोजगार बनाउने उद्देश्यले खोलिएको हो । कलेजले प्रत्येक वर्षमा ४० देखि ५० जना विद्यार्थीहरूलाई सिकेको शिपप्रति दक्ष बनाएर विभिन्न क्षेत्रका होटल तथा रेसोर्टहरुमा स्थापित गराएर विद्यार्थीहरुको सुन्दर भविष्य भरपूर प्रयासका साथ पूरा भएको महसुस गरेको बताए ।यस्तै कार्यक्रमका विशिष्ट अतिथि लोकेन्द्र चोखालले होटल व्यवस्थापन केवल एक व्यवसाय होइन; यो ग्राहक सेवा र व्यवसायिकता को उत्कृष्ट संयोजन रहेको वताए । यस क्षेत्रमा सफल हुनको लागि, सबैले कडा परिश्रम, सहनशीलता र उत्कृष्ट सेवा प्रविधिहरूको आवश्यक रहेको वताए । होटल म्यानेजमेन्टको पढाईले विद्यार्थीहरुमा आत्मा बल, आत्मा विश्वास र आत्मा निर्वार हुने चोखालको भनाइ छ ।  कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक नृत्य, गजल, गायन, मन्तव्य लगायत प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन नवीन पन्तले गरेका हुन । विद्यार्थी चाँदनी चैसीरले स्वागत मन्तव्य मन्तव्य गरेकी हुन ।  

nawajiwan