
अत्तरियाः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा बिरबहादुर थापा निर्वाचित हुनु भएको छ ।

भदौ २९ गतेदेखि कैलालीको अत्तरियामा सुरु भएको अनेरास्ववियु (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको दोस्रो सम्मेलनबाट डोटीका थापा १ सय ३१ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
असोज १ गते भएको निर्वाचनबाट १ सय ३१ मत थापाले ल्याएर बिजय भए भने अर्का अध्यक्षपदका लागि निर्वाचन लडेका बिरेन्द्र राज बिष्टले १ सय १ सय १५ मत प्राप्त गरेका थिए ।

अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा कैलाश चन्द्र गिरी निर्वाचित भएका छन् । उनलेे १ सय ५७ मत प्राप्त गरि निर्वाचित भएका हुन ।

त्यस्तै तिलक माल १ सय ८५, खेम साउद ९८, जिवन वि.सी १सय ३८, राजेन्द्र कोली १ सय ४, विनोद चौधरी १ सय ३ मत ल्याएर उपाध्यक्षपदमा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । यसैगरी लक्ष्मी चौधरी निर्विरोध उपाध्यक्ष पदमा निर्वाचित भएकी छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिको प्रमुख सचिवमा बझाङका देविजंग सिंह निर्वाचित भएका छन् । उनी १२८ मतसहित प्रमुख सचिव पदमा निर्वाचित भएका हुन । उनका प्रतिद्वन्द्वी शिवराज सन्ज्यालले १ सय ७ मत प्राप्ति गरि पराजित भएका हुन ।
यस्तै प्रदेश सचिव पदमा कमल थापा ९१, मनोज पुन १ सय २३, रोहित जोशी ९८, सुरेश भट्ट ८७, प्रकाश आचार्य १ सय ३१, प्रेम परियार ७५, तारा भट्ट ७५, लाल बहादुर ओखेडाले ६४ मत ल्याएर बिजय भएका छन् । कोषाध्यक्ष पदमा भने सुन्दर गौतम निर्विरोध निर्वाचित भएका छन् ।
भदौ २९ गतेदेखि सुरु भएको अनेरास्ववियु (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलनबाट सहमतिको आधारमा प्रदेश कमिटी समिति चयन गर्ने प्रयास भएपनि सहमती जुट्न नसकेपछि निर्वाचन गरि समिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।






























