
धनगढी ः संविधान दिवसको पुर्व सन्ध्यामा बाजुरेली सेवा समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटी प्रादेशीक रक्त संचार केन्द्र धनगढीको कार्यालयमा भएको रक्तदान कार्यक्रमा २४ जनाले रक्तदान गरेका थिए ।


समाजले आज धनगढी स्थित नेपाल रेडक्रस सोसाईटी प्रादेशीक रक्त संचार केन्द्रको प्राबिधीक सहयोगमा रक्तदान कार्यक्रम गरेको समाजका अध्यक्ष बजिरसिंह धामीले बताए । रक्तदानमा नेपाली सेना, सशस्त्र प्रहरी, समाज संग आबद्द ब्यक्ति लगायतले रक्तदान गरेका थिय । सामाजिक काममा सकृयता देखाउँदै आएको बाजुरेली सेवा समाजले यस्ता खालका रचनात्मक कार्यहरु गर्दै आएका छन ।
रक्तदान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काको पनि सहभागिता रहेको थियो ।
































