
कपिलवस्तु:कडा मिहेनत र परिश्रम गरे एक दिन अवस्य सफल भइन्छ भन्ने कुराको एक ज्वलन्त उदाहरण हुन छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कर्यालय कलौनीकि सदस्य सिता रेष्मी।अहिले उहाँको परिवार छिमेक लघुवित्तको साथ र आफ्नो कडा मेहनतले गाई भैंसि पालन व्यवसाय गरेर गाउँमानै उदाहरणीय बनेको छ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडमा बि.सं. २०६८ सालमा सदस्य बनेर सुरुवाती चरणमा पाँच हजार कर्जा निकाली गाई किनेर सुरुवात गरेको व्यवसाय बाट अहिले सिता रेष्मीको परिवारले महिनामै लाखौं कमाउछन।उहाँको परिवारले व्यावसाय सुरुवात गर्दा झेल्नु परेका ति कुराहरुले सफल बन्नेहरुले सफलताको अगाडि आउने आधिबेरीको सामना गर्न सक्नु पर्दछ भन्ने कुरा लाई यथार्थ चित्रण गरि प्रमाणीत गरेको छ।


हामी संगको कुराकानीमा बिगत लाई सम्झिन्छन सिता रेष्मी:मेरो परिवार मगर समुदायको भएरनै होला गाई भैंसि पालन व्यवसाय गरेको देखेर सुरुवातीका दिनहरूमा गाउँलेहरुले मगरको छोरा बौलाह्यो भन्दै कुरा गर्दथे।चौतारीमा होस या चिया पसलमा श्रीमान लाई जनाउँदै मगरको छोराले के गर्न खोज्या होला भन्दै गाउँलेहरुले कुरा गर्दा व्यवसाय सुरुवात गरिरहेका हामीलाई थप उर्जा र इख प्राप्त हुन्थ्यो।हामीमा अबत केही गरेरै देखाउनुपर्छ…अह: हामी अघि बढ्नैपर्छ भन्ने सोचाइ बढ्दै जान्थ्यो।जस्लाई हामी सकरात्मक उर्जाको रुपमा लिन्थ्यौ।

म छिमेकमा सदस्य बन्नु छिमेक लघुवित्तले व्यवसाय गर्ने र गर्न खोज्ने सदस्यहरु लाई नि:शुल्क व्यवसायीक सिप संगै सहजै व्यवसायीक कर्जा उपलब्ध गराउनु हाम्रा लागि संयोग मात्रै होइन एउटा अवसर समेत बन्न पुग्यो।बिगतका दिनहरूमा श्रीमानले बिदेशमा पसिना बगाउने म गाउँघरमा मजदुरी गरेर समय बिताउने स-साना दुईजना छोरा र छोरी मात्रै घरमा रहन्थे।यति कठिन तवरले चलिरहेको थियो जिन्दगी मैले व्यवसाय गरेर परिवारमा यति खुसी मिल्छ भन्ने कल्पना समेत गरेकि थिइन।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड द्वारा रुपन्देही जिल्लाको बुटवलमा संचालित ०७ दिने गाई/भैंसि पालन तालिम लिइ सके पश्चात् छिमेक बाटै सुरुमा पाँच हजार कर्जा निकालेर एउटा गाई किने।एउटा गाई बाट हामीले दुध बेच्दै व्यवसाय सुरुवात गर्यौ।तर गाउँमा खासै हाम्रो दुधनै बिकेन।हामीले ह्रास नलिईकन लागि रह्यौ र दुध डेरी सङ्गको सम्पर्क बढायौ।
श्रीमानले व्यवसाय लाई व्यवस्थित र ठुलो रुपमा गर्ने सोच बनाई सके पछि हाम्रो परिवारिक सल्लाह पछि छिमेक लघुबित्त वित्तीय संस्था लिमिटेडको कलौनी शाखा बाट कर्जा निकाली तिन वटा राम्रो खालका गाईहरु ल्याइयो।गाई ल्याई सकेपछि गोठ पनि सुधार गर्यौ।गाईहरु बाट उत्पादन गरेको दुध डेरी र गाउँ घरमा खपत हुन थालेपछि हाम्रो आसा थप उत्सर्गमा पुग्यो।

हामीले व्यवसाय लाई अझै बढाउने सल्लाह अनरुप छिमेक लघुवित्त बाटै थप पाँच लाख कर्जा निकालेर भारत बाट ३ वटा उन्नत जातका होलिस्टेन गाईहरु र फ्याट बढाउन २ वटा मुर्रा भैसीहरु ल्यायौ।त्यसपछि हाम्रो व्यवसाय बाट दुध उत्पादनमा वृद्धि भए सङ्गै मनग्ये आम्दानी समेत भैरहेको थियो।अचानक आएको विश्वमहामारी कोभिडले पुनः हाम्रो व्यवसायमा धक्का लाग्यो।हामीले उत्पादन गरेको दुध सबै खेर गए पछि व्यवसायमा अलिकति घाटा लागेता पनि हामीले हाम्रो कर्म र संघर्ष छोडेनौ।

फलस्वरुप अहिले हामी यो स्थानमा आइपुग्यौँ।एउटै गाईले २५ लिटर भन्दा बढी दुध एक पटक मात्रै दिन्छ।तिन वटा गाई र दुई वटा मुर्रा भैसीले बराबरी नै दुध दिन्छन्।अहिले हाम्रो व्यवसाय बाट उत्पादन भएको दुधले मात्रै मासिक ६० हजार भन्दा बढीको कमाइ हुन्छ तर सिजन सुरु भए पछि महिनाको लाखै नाघ्छ।
हामीले व्यवसाय बाटै छोरा र छोरी लाई कक्षा १ देखि १० सम्म बोर्डिङ स्कुलमै पढायौँ,दुई वटा बाईकहरु किने,गाई भैसीको लागि व्यवस्थित खोर बनाए र आफु बस्ने एउटा पक्की घर समेत बनाएका छौँ।

व्यवसाय बाटै कमाएको पैसाले हामीले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड बाट निकालेको कर्जाको किस्ता समेत तिरिरहेका छौँ।अहिले छोरा नेपाल प्रहरीमा जवानका रुपमा कार्यरत छ भने छोरी स्नातकोत्तर तहको दोस्रो बर्षमा अध्यनरत छिन्।हिजोको त्यो संघर्षले आज खुसिको यो बहार ल्याएको छ।मेरो यो सफलताको पछाडि सबैभन्दा ठुलो हात छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको रहेको छ।म छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड परिवारलाई बिशेष धन्यवाद ज्ञापन गर्दछु।-सिता रेष्मीले आफ्नो मुखार बिन्दु बाट हामी संगको संवादमा आफ्नो व्यवसायीक पृष्ठभूमि बताइन्।

उहाँको त्यो सफलता र व्यवसायीक संघर्ष हेर्दा देशमै व्यवसाय गरियो भने प्रगति गर्न बिदेशनै धाउनु पर्दैन भन्ने कुरा प्रमाणित गरेको छ।उहाँको सफलता अरुका लागि उत्प्रेरक कथा बनेको छ।कर्जाको सहि सदुपयोग र आफ्नो व्यवसाय प्रतिको लगनशीलताले सफलता हासिल गर्न सकिन्छ भन्ने कुरा सिता रेष्मीको कथा बाट स्पष्ट हुन्छ।
सिता रेष्मीको कथा-भिडियो सहित:
https://www.facebook.com/100088917285062/videos/268625872926645/?mibextid=rpYtZJ0wVrwH2Glu
छिमेक लघुवित्त वित्तीय संस्थाले बचत गराउने,धितो तथा बिना धितो कर्जा उपलब्ध गराउने लगायतका बित्तीय कामहरु संग संगै छिमेकमा आवद्व भएका सदस्यहरु लाई कृषि व्यवसाय तथा लघु उद्यम र लघु व्यवसाय तर्फ जोड्दै उनिहरुको जीवनस्तर माथि उकास्न र आर्थिक रुपमा मजबुत बनाउन सक्रिय रुपमा भुमिका खेलेको छ।
यस लघुवित्तले कृषि व्यवसाय तर्फ कुखुरा, बाख्रा, भैसी, गाई, मौरी, माछा पालन र फलफुल तथा तरकारी खेती लगायतका व्यवसायीक खेती र व्यापार व्यावसाय तर्फ उन्मुख गराउदै सदस्यहरु लाई कृषि व्यवसाय तथा लघु उद्यम र लघु व्यवसाय तर्फ जोड्दै गरेको छ।
अहिले छिमेक लघुवित्त वित्तीय संस्था गरिब र बिपन्न बर्गको साहरा बन्दै आइरहेको छ।सहर देखि गाउँ सम्म वित्तीय साक्षरता अभियान संगै आर्थिक रुपमा मजबुत बनाउने कार्यमा छिमेक लघुवित्त वित्तीय संस्था लागेको छ|





























