
नरेश बिष्ट, बझाङ- केदारस्युँ गाउँपालिका पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । शुक्रबार केदारस्यूँ गाउँपालिकाको कार्यालय देउरामा एक कार्यक्रमका बीच पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको हो।

पालिका भित्र रहेका स्वास्थ्य संस्था मार्फत आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूकाे पालिका स्तरीय वार्षिक कार्य प्रगति समीक्षा गाेष्ठि गरिएको थियो । स्वास्थ्य कार्यक्रमहरूकाे सूचककाे प्रगति विश्लेषण गरि सम्पादित सम्पुर्ण स्वास्थ कार्यक्रमहरुको मुल्यांकन गर्दा भैरवनाथ स्वास्थ्य चौकी प्रथम भएको छ ।
वार्षिक समीक्षा गोष्ठीमा सूचककाे प्रगति विश्लेषण गर्दा बाँझ स्वास्थ चौकी,रायल प्राथमिक सवास्थ्य केन्द्र र भामचौर स्वास्थ्य चौकीले दोस्रो स्थान हासिल गरेका छन् । प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गरि पहिलो र दोस्रो स्थान हासिल गर्ने स्वास्थ्यसंस्थालाई प्रोत्साहनस्वरुप प्रमाणपत्र सहित सम्मान गरिएको थियोे ।


कार्यक्रममा स्वास्थ क्षेत्रलाई अवलम्बन बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने सम्पुर्ण स्वास्थ संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका, कर्मचारीहरु, गाँउपालिका टिम र सम्पूर्ण सराेकारवालाहरूलाई स्वास्थ शाखा प्रमुख अमराज बिष्टले धन्यवाद व्यक्त गर्नुभएको थियो । आगामी दिनहरूमा पनि स्वास्थ्य कार्यक्रमहरूकाे सत प्रतिशत प्रगतिमा पुर्याउन स्वास्थ शाखा साथ दिने तथा सहयाेग गर्ने उहाँको भनाइ थियोे ।
कार्यक्रम केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराको अध्यक्षतामा भएको थियोे । अतिथिमा उपाध्यक्ष मनिषा धामी , निमित्त प्रमुख प्रशासकीय, ९ वटै वडाका निर्वाचित जनप्रतिनिधिहरू , ९ वटै वडाका स्वास्थ्य संस्था प्रमुख प्रतिनिधि, गाउँपालिका कर्मचारी लगायत अन्य स्थानीयहरू रहनुभएको थियोे ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बोहराले पालिकाको टिमले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको थियोे । उहाँले नागरिकलाई स्वास्थ्य सेवा लिदा कुनै समस्या भए तुरुन्तै पालिकामा खबर गर्न र त्यसको समस्या हल गर्नतर्फ लाग्ने बताउनुभयो। त्यस्तै स्वास्थ्यकर्मीलाई २४ घण्टा स्वास्थ सेवा दिन उहाँले आग्रह गर्नुका साथै भामचौर स्वास्थ्य चौकिमा ल्याब संचालनमा ल्याउने समेत बताउनुभएको थियोे ।






























