
बझाङको साइपाल गाउँपालिकामा पहिलो पटक राष्ट्रिय स्तरको बैंक शाखा बिस्तार भएको छ । स्थानीय तह बने सगै बैंकहरुलाई स्थानीय तहमा लैजाने राष्ट्र बैंकको निर्देशन अनुसार गाउँपालिकाको धलौनमा बुधबार ) एभरेष्ट बैंक लिमिटेडको शाखा बिस्तार भएको हो ।
स्थानीय तह स्थापना भएको सात वर्ष बितिसक्दा पनि बैंक स्थापना नभएको साइपाल गाउँपालिकामा एभरेष्ट बैकको शाखा बिस्तार गरीएको गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताउनुभयो । बैक स्थापनाको माग गदै गाउपालिका अध्यक्ष उपाध्यक्ष लगाएतको टा्ेलिले पटक पटक बिभिन्न निकाय धाउदै आउनुभएको थियो ।
बैंक शाखा बिस्तार सगै स्थानीय तहबाट गरिने आर्थिक कारोबार बैंकिङ प्रणाली बाट गर्न सहज हुने भएको छ । यसअघि साइपाल गाउपालिकामा बैंक शाखा नहुँदा ३ दिन हिडेर सदरमुकाम चैनपुरमा आएर बैंकिंग कारोबार हुने गरेको थियो ।

राष्ट्र बैंकले २०७४ सालमै साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई तोकेको भएपनि सडक, सञ्चार, सुरक्षा लगायतका पूर्वाधार स्थानीय स्तर सम्म उपलब्ध नभए सम्म त्यहाँ शाखा स्थापना गर्न नसक्ने भन्दै एभरेस्टले बैंक स्थापना गर्न आनकानी गर्दै आएको थियो । तर उहाँहरूलाई पालिकामा बैंक मात्रै सञ्चालन गरिदिए पालिकाले जस्तो सहयोग गर्न परे पनि तयार रहेको भनेपछि बैकले अध्ययन अगाढी बढाएको थियो।

देशभरका ७ सय ५३ स्थानीय तहमध्ये बैंक नभएको एक मात्रै पालिका साइपालमा राष्ट्र बैंकको टोलीले गत चैत्र महिनामा बैंक स्थापनाको लागि अवस्था अध्ययन गरेको थियो । दुई दिन हिँडेर काँडा पुगेको अध्ययन टोलीले बैंक स्थापना हुने ठाउँ, बाटोघाटो, सुरक्षा, लगानीका सम्भावनाबारे स्थानीय र जनप्रतिनिधिसँग पनि छलफल गरेको थियो | पालिकामा बैंक नहुँदा कारोबार गर्न समस्या हुने भन्दै साइपाल गाउँपालिकाको कार्यालय सात वर्षदेखि जिल्ला सदरमुकाम चैनपुरको एक घर भाडामा लिएर चलिरहेको छ । योजनाको सम्झौतादेखि सामान्य सिफारिसका लागि पनि स्थानीयले दुईदेखि चार दिन हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।
































