
बाजुराः बाजुरा त्रिवेणी नगरपालिकामा निर्माणधिन नाटेश्वरी मन्दिरको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेल द्वारा हुने भएको छ ।

यहि असोज २१ गते राष्ट्रपति पौडेल बडिमालिका माताको दर्शनसंगै नाटेश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।


त्रिवेणी नगरपालिका वडा नम्बर ७ नाटेश्वरी मन्दिर रहेको छ ।संघीय सरकार र त्रिवेणी नगरपालीकाको साझेदारी बजेटमा मन्दिर निर्माण गरिएको हो ।
उद्घाटन कार्यक्रममा सम्पूर्ण नागरिकहरुलाई सहभागि भईदिन नगरपालिकाले अनुरोध समेत गरेको छ ।































