
बझाङमा दसैँ, तिहार र छठको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडबाडमा हुने भिडभाडमा यात्रुको सहजताका लागि जिल्लाको चार ठाउँमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा जिल्लाको अस्थाइ ट्राफिक प्रहरी पोस्ट बागथला, अस्थाइ ट्राफिक प्रहरी पोस्ट झोतामा , अस्थाइ ट्राफिक प्रहरी पोष्ट सिमखेत र नया बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो । यात्राका क्रममा असहजता महसुस भए ती सहायता कक्षामा उजुरी वा गुनासो गर्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी युवराज भण्डारीले बताउनुभयो ।


यात्रु सहायता कक्ष मार्फत ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने , यात्रालाई सहज बनाउन गुनासो तथा सडक सुरक्षा लगायतका विषयमा सेवा दिने डिएसपी भण्डारीको भनाइ छ । ‘चाडवाडका समयमा यात्रुको चाप बढी हुन्छ।
ओभरलोड गरिएको हुन सक्छ। बढि भाडा असुलिएको हुन सक्छ। यात्रुको सामान छुट्न सक्छ,’ उहाँले भन्नुभयोे, ‘यात्राका क्रममा कसैलाई समस्या भएको अवस्थामा सहजताका साथ प्रहरी सेवा उपलब्ध गराउन सहायता कक्ष सुरु गरिएको हो । त्यहाँबाट चौबिसै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ ।’
































