बझाङमा आर्थिक वर्ष २०८० / ८१ मा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने ३२ स्वास्थ्य कर्मी सहित पालिका सम्मानित

Image
Nisarga Hospital

आर्थिक वर्ष २०८० । ८१ मा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने स्वास्थ्य कर्मी र पालिकालाइ सम्मान सहित पुरस्कृत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको तिन दिने जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तह, स्वास्थ्यकर्मी र साँझेदार सघ सस्थाहरू लाइ सम्मान तथा पुरस्कृत गरेको हो ।

CP Hospital Dhangadhi

स्वास्थ्य सम्बन्धी विभिन्न सूचक र मापदण्डका आधारमा पालीकाको कार्य सम्पादन सबै भन्दा राम्रो गरेको भन्दे पालिकालाइ सम्मन गरिएको छ । जसमा जयपृथ्वी नगरपालिका र छविसपाथीभेरा गाउँपालिका प्रथम भएका छन् भने थलारा गाउँपालिका द्वितीय र बुंगल नगरपालिका तृतीय भएको छ ।

nawajiwan

यसैगरि जिल्लाको उत्कृष्ट महिला स्वयम्सेविकामा दुुर्गाथली गाउँपालिका ४ की हर्कुदेवी जोशी लाइ सम्मान गरिएको छ । जिल्लाका विभिन्न स्वास्थ्य सघ सस्थाहरूमा कार्यरत उत्कृष्ट काम गर्ने कर्मचारी र स्वास्थ्य कर्मीहरु लाइ पनि कार्यक्रममा सम्मान तथा पुरस्कृत गरिएको छ ।सम्मानित हुनेमा स्वास्थ्य कर्मिहरूमा काडा स्वास्थ्य चौकीमा कार्यरत अनमी रामदेबी उपाध्याय, सिअहेब लोकेन्द्र बहादुर कठायत,सुनिकोट स्वास्थ्य चौकीका सिअनमी विजया तामाङ,भातेखोला स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक रमेश कुमार कामि, रिलु स्वास्थ्यचौकीका अनमी कमला धामी, सुर्मा स्वास्थ्य चोकिका सिअनमी पञ्चमती बोहोरा, सामुदायिक स्वास्थ्य केन्द्र गोतन्न अनमी बिपना बिक, लेकगाउ स्वास्थ्य चौकी जनस्वास्थ्य निरीक्षक देउपाल जर्पेल, मटेला स्वास्थ्य चौकि अनमी सत्य कुमारी जोशी, आधारभूत स्वास्थ्य केन्द्र चुवाबनका अहेब लाल बहादुर धामी, रहनुभएको छ ।

Attariya Hospital

यस्ते चौधारी स्वास्थ्य चौकीका सिअनमी कविता रावल, भैरबनाथ स्वास्थ्य चौकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी बोगटी जोशी, रायल प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेब महेन्द्र बहादुर चन्द, छान्ना स्वास्थ्य चौकी अनमी ज्वती केसी, गडराय स्वास्थ्य चौकीका अनमी मिन देवी रोकाया, दँगाजी स्वास्थ्य चौकी जनस्वास्थ्य निरीक्षक रचना बुढा, कोटभैरब स्वास्थ्य चौकी अहेव भबेन्द्र ओखेडा, दहबगर स्वास्थ्य चौकी अनमी दिलमाया भुजेल, देउलिकोट स्वास्थ्य चौकी सिअहेब पुष्पराज जोशी, देउलेख प्राथमिक स्वास्थ्य केन्द्रका मेअ डा सागर बाबु पाण्डे, सुनकुडा स्वास्थ्य चौकी सिअनमी निला ठाकुर, चैनपुर स्वास्थ्य चौकी सिअनमी रमा रोकाया, लुयाटा स्वास्थय चौकिका सिअहेब उमेश रताला, जिल्ला अस्पतालका मेअ पदम राज जोशी, शिद्धराज रोकाया, सोहि अस्पतालका बअनमी सुनिता खत्री, अनमी सत्य खड्रका, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र मिश्र, तथ्याङ्क अधिकृत कटक सार्की, सञ्जिब भण्डारी, नायब सुब्बा अम्मर सुनार, कास जगत राम जोशी रहनुभएको छ ।

स्वास्थ्य सम्बन्धी काम गर्ने जिल्लामा कृयासिल विकास साँझेदार ९ वटा गैर सरकारी संस्थाहरू लाइ पनि कार्यक्रममा सम्मान गरिएको छ ।स्वास्थ्य कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा सभ्य भव्य र उपलब्धि मुलुक भएको जिल्ला समन्वय समितिका उप प्रमुख तथा कार्यवाहक प्रमुख कृष्ण बहादुर विष्टले बताउनुभयो । जिल्लाको स्वास्थ्य अवस्था सुधारका लागी यो कार्यक्रम कोषेढुुगा साबित भएको र समग्रमा जिल्लाको स्वास्थ्य अवस्था र स्वास्थ्य सम्बन्धी सेवा प्रवाह सन्तोष जनक रहेको कार्यक्रमका बक्ताहरूले बताएका छन ।