छबिसपाथिभेरा १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुँदै

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका- १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
वडा कार्यालयको आयोजनामा असोज १९ गतेदेखि प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

नजिकिँदै गएको हिन्दुहरूको महान चाड बडा दसैं तथा शुभ दिपावली २०८१ को अवसरमा जिल्ला, नगरपालिका, गाउँपालिका, वडा स्तरीय खुल्ला भलिब र कृषि विविध साँस्कृतिक कार्यक्रम सहित कृषिमेला प्रदर्शनी सञ्चालन गर्न लागेको वडाध्यक्ष करनजंग बहादुर सिंहले बताउनुभयो ।

nawajiwan

भलिबल खेलको विकास ,खेलाडीलाई सम्मान तथा उत्कृष्ट खेलाडीको पहिचान गर्नका लागि प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।
भलिबल प्रतियोगितामा प्रथम पुरस्कार राशि १ लाख १ हजार ६२० , द्वितीय पुरस्कार राशि ५१ हजार ६२० , तृतीय पुरस्कार राशि २६ हजार ६२० , सान्त्वना पुरस्कार राशि ८ हजार ६२० र टिम दर्ता शुल्क ५ हजार रहेको वडा कार्यालयले एक सूचना मार्फत जानकारी गराएको छ ।
त्यसैगरी प्रतियोगितामा, सर्वोउत्कृष्ट खेलाडी , उत्कृष्ट खेलाडी , उत्कृष्ट इस्पाइकर उत्कृष्ट सेटर , उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचलाई पनि सम्मानित गरिने भएको छ ।

Attariya Hospital

यस्तै गाउँपालिकाको कृषि उत्पादनलाई प्रचारप्रसार गर्न किसानको मेहनतलाई सम्मान तथा थप उत्साहित बनाउन पालिका स्तरीय कृषि मेला प्रदर्शनी आयोजना गरिएको वडाध्यक्ष सिंहको भनाइ छ ।

कृषि पेसालाई निर्वाहमुखी भन्दा पनि व्यावसायीक बनाउँदै लैजान प्रदर्शनीमा सहभागी प्रथम हुने किसानलाई १५ हजार ६२० , द्वितीय किसानलाई १० हजार ६२० र तृतीय किसानलाई ५ हजार ६२० पुरस्कारको व्यवस्था गरिएको छ ।

त्यसैगरी स्थानीय भेषभुषा कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले वडा स्तरीय देउडा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको सूचनामा उल्लेख गरिएको छ ।

कार्यक्रम जनप्रिय माध्यमिक विद्यालयमा हुनेछ ।