बझाङमा आउनु भएका नयाँ प्रमुख जिल्ला अधिकारी भट्टराई सँगको परिचयात्मक कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

बझाङमा आउनुभएका नयाँ प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराई सँगको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्थित सञ्चारकर्मी र प्रमुख जिल्ला अधिकारी बीच भएको परिचयात्मक कार्यक्रम जिल्ला प्रशासन कार्यालय बझाङमा सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय बझाङकोे आयोजनामा परिचयात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।

CP Hospital Dhangadhi
Attariya Hospital

कार्यक्रममा पत्रकार महासँधका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार रोकाया लगाएत अन्य पत्रकारहरूले अवरुद्ध सडक खण्ड तत्काल खुलाउन पहल, ,जिल्लामा बढ्दै गएका चोरी लगायतका अपराधका घटनाहरू नियन्त्रण गरि शान्ति सु-व्यवस्था कायम गर्नुपर्ने, सेवा प्रवाह, सवारी व्यवस्थापन,चाडपर्व लक्षित बजार अनुगमन, सुशासन कायम लगायका समस्याहरू समाधानका लागि तत्काल पहल गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेका थिए ।

यता प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले जिल्लाका सबै सरकारी तथा गैरसरकारी निकाय सँग स्थानीय पालिकासँग समन्वय सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । जिल्लामा शान्ति सुरक्षा कायम गरि शान्ति सुव्यवस्था कायम गर्ने कुरामा काहीँ कतै कमजोरी नराख्ने उहाँको भनाइ थियो । छलफलका क्रममा आएका सुझावलाई ग्रहण गरेर सोही अनुसारको काम अगाडि बढाउने र यसमा पत्रकार गर्नुपर्ने काम पत्रकारले गर्नुपर्ने र स्थानीय तहले पनि कडा रूपमा लागे मात्र सबै काम गनृ सहज हुने प्रजिअ भट्टराईको भनाई थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी, जिल्ला स्थित पत्रकार लगायतको उपस्थिति रहेको थियो ।