बझाङमा एक बेवारिसे १३ बर्षिया बालक फेला ! आफन्तको खोजी हुदै

Image
Nisarga Hospital

बझाङः बझाङको देवलमा रहेको एयरपोर्ट नजिकै प्रहरीले एक बेवारिसे बालक फेला पारेको छ ।

CP Hospital Dhangadhi

करिब १३ वर्षीय बालक रातीको समयमा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । बालकलाई प्रहरीले सोधपुछ गर्दा आफ्नो घर गुल्मी जिल्ला पुर्बीघाट गाउँपालिका हरीनीचोर गाउ बताउने तेकन थापा रहेका छन् ।

Attariya Hospital

बालकले बुबाको नाम धनदाइ थापा मगर र आमा निरमाया थापा बताउदैे आएका छन् । बालकलाइ अहिले प्रहरीले आफ्नो कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी किशोर जोशीले बताउनुभयो ।

nawajiwan

बालकलाई चिन्ने जो कोहीले पनि ९८५८४९१८९९, ९८५८४२५२०६ र ९८५८४२५२०७ मा सम्पर्क गरी दिन हुन अनुरोध गरिएको छ ।