बझाङ जिल्लाबाट यो वर्ष मात्र करिब ९० मेट्रिकटन तरकारी जिल्ला बाहिर निर्यात

Image
Nisarga Hospital

बझाङः तरकारी उत्पादनमा बझाङ जिल्ला अगाडी बढ्रन थालेको छ । पछिल्ला केही वर्षयता व्यावसायिक तरकारी खेतीमा लाग्ने कृषकको सङ्ख्या ह्वात्तै बढेपछि जिल्लामा उत्पादित तरकारीले आयात प्रतिस्थापन गरेको कृषि ज्ञान केन्द्र बझाङले जनाएको छ ।अहिले जिल्लामा बाह्रमास पुग्ने तरकारी उत्पादन भइरहेकाले बाहिरबाट ल्याउनुपर्ने अवस्था अहिले केही कम भएको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्टले बताउनुभयो ।

CP Hospital Dhangadhi

जिल्लाको सदरमुकाम आसपास र दुर्गम गाउँमा समेत मौसमी र बेमौसमी तरकारी उत्पादन भइरहेका छन् । केही वर्ष अघिसम्म तराईका जिल्लाबाट ट्रकमा तरकारी आयात गर्दै आएको बझाङले पछिल्ला केही वर्षयता तरकारी निर्यात गर्ने जिल्लाको रूपमा विकसित हुँदै आएको छ ।

Attariya Hospital

आज मात्र तरकारी उत्पादन ( बृहत् एबँ विशेष ) कार्यक्रम अन्तर्गत बित्थडचिर १ आनन्दपुर बाट बन्दा ३० क्विन्टल , मुला ३ क्विन्टल , काँक्रो ३ क्विन्टल लगायतको प्राङ्गारिक तरकारी जिल्ला बाहिर गएको कृषक रमेश बोहराले बताउनुभयो । यो वर्ष मात्र आलु, काउली, बन्दा, मुला, काँक्रो गरि २८ लाख बराबरको करिब ९० मट्रिकटन तरकारी बाहिर गएको कृषि ज्ञानकेन्द्रका प्रमुख बिष्टको भनाइ छ । अझै पनि अन्य जिल्लाको जस्तो प्रगति गर्न समय लाग्ने उहाँको भनाइ छ।

nawajiwan

पछिल्ला तीन वर्षयता कृषि र विशेषगरी मौसमी र बेमौसमी तरकारी उत्पादनमा सरकारी लगानी बढ्नु, सबै पालिकामा सवारी साधनको उपलब्धता, गोठे तथा प्राङ्गारिक मलको सुधार, उन्नत र माटो अनुकूलका बीउ, मलको सहज आपूर्ति, सिँचाइको क्षेत्रफलमा वृद्धि र परिश्रम अनुसारको बजार मूल्य लगायतका कारणले व्यावसायिक किसानको सङ्ख्या बढेको तथ्याङ्कले देखाएको छ कृषि ज्ञानकेन्द्रले गरेको एक सर्वेक्षणमा कृषिमा लाग्ने युवाको सङ्ख्या बर्सेनि बढ्दो छ ।