दशैंको रातीनै जोरायलको सिलङ्गीबागको एक पसलमा चुक्कुल तोडेर चोरी

Image
Nisarga Hospital

डोटी: डोटीको जोरायल गाउँपालिका ४, सिलङ्गीबाग स्थित ॐ शान्ति फुड सप्लायर्समा गए राती चोरी भएको छ ।

CP Hospital Dhangadhi

ढोकाको चुक्कुल र पैसा राख्ने गल्लाको लकर तोडेर नगद तथा सरसामान चोरी भएको पसल संचालक तेज बहादुर कपड्यालले नजर अनलाइनलाई जानकारी दिए ।

“अष्टमीको दिन पूजा गरेर खल्तीमा भएको नगद समेत गल्लामा राखेको थिएँ, ३५ हजार नगद सहित सामान चोरी भएको छ” पसल संचालक कपड्यालले भने-“चोखोपन, मेघाश्री लगाएत सामान चोरेको छ र अरु सामान के-के लगेको छ, हेरिरहेको छु ।”

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

बिहानै उठेर पसल खोल्न आउने बेला मात्रै चोरी भएको आफुले थाहा पाएको एवं राति करिब डेढ दुई बजेको समयतिर चोरी भएको हुनसक्ने उनले अनुमान गरेका छन् ।

पसलमा चोरी भएको बारेमा जोरायल ईलाका प्रहरी कार्यालयलाई खबर गरिसकेको उनलेे जानकारी दिए ।

सोही पसलको आसपासमा अन्य व्यक्तिको विभिन्न सरसामान पनि बेला बेलामा चोरी भएको हुँदा चोरी गर्ने व्यक्ति एउटै हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

Dhnagadhi & Krishanapur