दशैंको रातीनै जोरायलको सिलङ्गीबागको एक पसलमा चुक्कुल तोडेर चोरी

Image
Nisarga Hospital

डोटी: डोटीको जोरायल गाउँपालिका ४, सिलङ्गीबाग स्थित ॐ शान्ति फुड सप्लायर्समा गए राती चोरी भएको छ ।

CP Hospital Dhangadhi

ढोकाको चुक्कुल र पैसा राख्ने गल्लाको लकर तोडेर नगद तथा सरसामान चोरी भएको पसल संचालक तेज बहादुर कपड्यालले नजर अनलाइनलाई जानकारी दिए ।

“अष्टमीको दिन पूजा गरेर खल्तीमा भएको नगद समेत गल्लामा राखेको थिएँ, ३५ हजार नगद सहित सामान चोरी भएको छ” पसल संचालक कपड्यालले भने-“चोखोपन, मेघाश्री लगाएत सामान चोरेको छ र अरु सामान के-के लगेको छ, हेरिरहेको छु ।”

nawajiwan
Attariya Hospital

बिहानै उठेर पसल खोल्न आउने बेला मात्रै चोरी भएको आफुले थाहा पाएको एवं राति करिब डेढ दुई बजेको समयतिर चोरी भएको हुनसक्ने उनले अनुमान गरेका छन् ।

पसलमा चोरी भएको बारेमा जोरायल ईलाका प्रहरी कार्यालयलाई खबर गरिसकेको उनलेे जानकारी दिए ।

सोही पसलको आसपासमा अन्य व्यक्तिको विभिन्न सरसामान पनि बेला बेलामा चोरी भएको हुँदा चोरी गर्ने व्यक्ति एउटै हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।