उत्कृष्ट कार्य सम्पादन गरेकोमा ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङ पहिलो

Image
Nisarga Hospital

आ ब २०८०÷८१ को प्रदेश स्तरीय वार्षिक समीक्षामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङं प्रथम भएको छ । सुदूरपश्चिम प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले आयोजना गरेको ‘आर्थिक वर्ष २०८०÷८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी कार्यक्रम’ को अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङंलाई सम्मान गरेको हो ।

CP Hospital Dhangadhi

गत आवमा सम्पादित स्वास्थ्य कार्यक्रमहरू तथा सेवा प्रवाह आदि मुख्य मुख्य सूचकहरूको आधारमा मूल्याङ्कन गर्दा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बझाङले सुदूरपश्चिम प्रदेशमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरू मध्ये प्रथम स्थान प्राप्त गरेको छ । अघिल्लो पटक जिल्ला आयुर्वेद प्रदेश भरी दोस्रो भएको थियो । यसै बिच आ ब २०८०÷८१ को प्रदेश स्तरीय वार्षिक समीक्षामा जिल्ला अस्पतालहरू मध्य जिल्ला अस्पताल बझाङ द्वितीय भएको छ ।

nawajiwan
Attariya Hospital

सोही अवसरमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुर्लाइ समेत सम्मानित गरिएको थियो । सम्मानित हुनेमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख मिन राज पुरी, स्वास्थ्य कार्यालय बझाङका ल्याब टेक्निसियन निरीक्षक नारायण जोशी, जिल्ला अस्पताल बझाङका मेडिकल अधिकृत डा पदम राज जोशी रहेका छन् ।