
नरेश बिष्ट , बझाङ ।
केदारस्यूँ गाउँपालिकामा स्थानीय बजार सहजकर्ता लाई २ दिने पुनर्ताजकीय तालिम सम्पन्न भएको छ।

केदारस्यूँ गाउँपालिकाको सभाहलमा वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल, दलित सहयोग समाजद्वारा स्थानीय बजार सहजकर्तालाई २ दिने पुनर्ताजकिय तालिम मंगलबार सम्पन्न भएको हो ।

दलित सहयोग समाजले राखेका स्थानीय बजार सहजकर्ता मार्फत कृषकको उत्पादनलाई बजार सम्म पुर्याउन सहयोग पुर्याएकोमा धन्यवाद भन्दै गाउँपालिका उपाध्यक्ष मनिषा धामीले सम्पुर्ण स्थानीय सहजकर्तालाई सकृय र लगनशील भएर काम गर्न हुन सल्लाह दिनु भएको छ। बोल्ने क्रममा गाउँपालिका अध्यक्ष गणेश बोहराले दलित सहयोग समाजको काम प्रति एक दमै खुसी हुँदै उहाहरुको उद्देश्यलाई सार्थक बनाउन बैशाख भित्र नै कोल्ड स्टोर निर्माण गर्ने बताउनु भएको छ । उहाले सम्पुर्ण बजार सहजकर्तालाई आफू पनि ब्यवसायी बन्न अनुरोध गर्नु भएको छ । तालिममा प्रशिक्षण दलित सहयोग समाजका परियोजना संयोजक रमेश बहादुर मालीले गर्नु भएको थियो । उहाँले तालिममा स्थानीय बजार सहजकर्तालाई ५ सिपका ५१ सुचक ४ चरण र (सकअबा ) सबल पक्ष , कम्जोर पक्ष, अवसर, र बाधा का बारेमा तालिम दिनु भएको थियो । तालिममा केदारस्यु गाउँपालिका का २,३,६,७ र ८ का प्रती वडा ३ जनाका हिसाब १५ जना सहभागी थिए ।

तालिम लाई सहजीकरण दलित सहयोग समाजका (मिल ) महेश नेपाली , सामाजिक परिचालक सत्यराज कोईराला , सुरेश नेपालि र कल्पना दमाई गर्नु भएको थियो । २ दिने तालिमले हामिलाई हाम्रो काम कर्तव्य र स्थानीय मूल्य वृद्धि शृङ्खलामा अझ पोक्त बाएको सहभागी जय गुर्धामीले बताएका छ्न ।






























