जयपृथ्बी नगरपालिका भित्र सञ्चालित अटोको भाडादर निर्धारण

Image
Nisarga Hospital

जयपृथ्बी नगरपालिकामा सञ्चालित अटोहरूको भाडादर निर्धारण गरिएको छ । लामो समयको अन्योल पछि नगरपालिका भित्र सञ्चालनमा रहेका अटोहरूको भाडादर निर्धारण गरिएको जयपृथ्बी नगरपालिकाले जनाएको छ ।

CP Hospital Dhangadhi

अटोले मनोमानी रूपमा चर्को भाडा असुलेको व्यापक जनगुनासो आएपछि यही कार्तिक १ गते स्थानीय भाडादर निर्धारण समितिको बैठक बसेर जयपृथ्बी नगरपालिका भित्र चल्ने अटोको भाडादर तोकिएको थियो । सोही बैठकले कच्चि सडक खण्डमा प्रति किलोमिटर ३५ र पक्की सडक खण्डमा २५ रुपैयाँ निर्धारण गरिएको जयपृथ्बी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले बताउनुभयो ।

स्थानीय भाडादर निर्धारण समितीकोे बैठकअनुसार बसपार्क देखि लोकतान्त्रिक चोक सम्मको २० रुपैयाँ ,दूरसञ्चार सम्म ३०, खुला मञ्च सम्म ४०,अदालत सम्म ३० रुपैयाँ , पानकोट सम्म ४० रुपैयाँ, भोपुर लाल्टिन बजार सम्म ४०, रुइनाबगर ७०, काप्रिकोट १०५ रुपैयाँ तोकेको छ ।

nawajiwan

यस्तै खेइरा सम्म ७०, अम्पाटा ४०, पडेस ब्यारेक १ सय ४०, गोलाइ वडा कार्यालय ९०, गडखेतको १ सय २५, बस्टि १ सय ४०, माझेसैनको १ सय ७५, कोटली २ सय १०, खानेपानी कार्यालय सिमभाडि २५ ,जिल्ला अस्पताल ४०, नगरपालिका ५०, देवल एयरपोर्ट ७५ ,रानीबन ५०, पैयातोला १ सय ५ , जोशीगाउ १ सय ४०, राउडिबजार १००, किमतोला सुबेडा १ सय ७५, कचालि २००, तमैल २०० सय , सेलाखेत ७०, खाराबगर २ सय १०, खगेडा २५ रुपैयाँ तोकिएको छ । यस्तै किमतोडा सुबेडा देखि छयाला सम्म १ सय ४०, तोकिएको छ । सो निर्णय कार्यान्वयन नगर्नेलाई कार्बाही गरीने नगरपालिकाले जनाएको छ ।

Attariya Hospital

यो भन्दा अगाडी भाडादर नतोकिदा अटोहरूले झन्डै ३ कि मिको दुरीमा पनि ५०० रुपैयाँ भन्दा बढी मनोमानी भाडा लिने गरेको थियो । अव भाडादर निर्धारण पछि यात्रुहरूलाई केही सहज हुने भएको छ ।

यसैबिच १२ वटै पालिकामा सञ्चालन हुने जिपहरूको समेत भाडादर कायम गरीसकेको छ । कसैले यात्रुहरूबाट तोकेको भन्दा बढि भाडा लिएको भए तुरुन्तै प्रहरी, ट्राफिक या जिल्ला प्रशासन कार्यालयमा फोन गर्न समेत अनुरोध गरिएको छ । यात्रु सचेत भए मात्र अभियान सफल हुने भएकाले सबै सचेत हुन जरुरी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले बताउनुभयो । जिपहरूको पनि कच्चि सडक खण्डमा प्रति किलोमिटर २० र पक्की मा ९ रुपैयाँ तोकिएको छ । जिल्ला भित्रका स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीले तोकेको भन्दा कैयौँ गुणा महँगो भाडा लिने गरेको गुनासो बढेपछि प्रशासनले अनुगमन अगाडी बढाएको हो ।