
नरेश बिष्ट- बझाङ ।
बझाङको थलारा गाउँपालिकामा नयाँ एउटा क्लब दर्ता गरिएको छ। थलारा गाउँपालिका वडा नम्बर १ पिपलकोटको मसानी बेताल युवा क्लब दर्ता गरिएको हो ।

समाजमा भएका बालबिबाह छाउपडी पर्था बालहिंसा जस्ता कुराको निवारण गर्नका लागि क्लब दर्ता गरिएको बताइएको छ । हरेक समाजमा भइ रहेका बेतिथी भ्रष्टाचार बिरुद्व एकै आवाज गुनगुनानाका निमित्त मसानी बेताल युवा क्लब दर्ता गरेको क्लब का अध्यक्ष सागर जोशीले बताए ।
त्यस्तै क्लबले एक पक्ष मात्र नभएर अहिले क्लबले देउसी भैलो खेल्दै समाजमा आवश्यक पर्ने बिहे व्रतबन्धमा आवश्यक पर्नेभाडाकुडाहरु डेक्ची कराइ लगायत गीत सुन्न मनोरञ्जन गर्नका निमित्त डिजे खरिद गरेको छ ।


त्यस्तै आफ्नै गाउँमा दशैं तिहारमा आउने सबै ब्यक्तीहरुले मन पराउने, पहाडमा एक दमै खेलिने खेल भलिबल खेल्न आफ्नै मैदान कुनै पनि अन्य संघसंगठन संग सहयोग नमागेर आफ्नै लगानिमा निर्माण गरिएको क्लबका सचिव महेश राज जोशीले जानकारी दिए ।
अब आउने दिनमा नि थुप्रै काम गर्ने र आफ्नै आर्थिक श्रोतले नभ्याउने हुँदा क्लबलाई दर्ता गरेर अगाडि बढ्ने क्लबकी उपाध्यक्ष मन्जु जोशीले बताइन् ।






























