
सँघिय सरकारले स्थानीय सरकारको अधिकार खोस्दै लगेको जयपृथ्बी नगरपालिका नगरप्रमुख चेतराज बजालले बताउनुभयो । कमिटी नेपालको आयोजना द एसिया फाउण्डेसनको सहयोगमा आज बाट सुरु भएको दुइ दिने स्थानीय आर्थिक विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जयपृथ्बी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले यस्तो बताउनुभएको हो ।

स्थानीय सरकारले अधिकार पाउनुपर्छ भन्ने विषयमा आफूले लामो सघर्ष गरेको र स्थानीय सरकारले अधिकार पाएको समयमा सँघिय सरकारले भने अधिकार खोस्दै लगेको उहाँले आरोप लगाउनुभयो । कामहरू स्थानीय सरकारलाइ थुपारेको भए पनि स्थानीय सरकारले चलाउने बजेट भने घटाउदै लग्दा समस्या हुने गरेको उहाँको भनाइ थियो । स्थानीय तहले गनुृपर्ने काममा आफूहरू केही चुकेको भएपनि बेरुजु घटाउन भने सफल भएको बताउनुभयो । साथै आफूहरूले जति बिबाद भएपनि नगरपालिकामा गरीने कामको निर्णय सर्वसम्मत रूपमा हुने गरेको उहाँको भनाइ छ ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विश्वकर्माले बझाङ सम्भावनाको बाकेको जिल्ला भएकाले यो कार्यक्रमले स्रोत साधनको मोडल तयार गर्न सधाउ पुगे विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बझाङका समन्वय प्रमुख नरबहादुर बोहराले बझाङ जडीबुटी लगाएत विभिन्न स्रोत साधनले धनी भएकाले स्थानीय स्रोतको सहि सदुपयोग गरेर अगाडी बढन सके आर्थिक विकास सम्भव रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डाक्टर गोपीकृष्ण खनाल, एसिया फाउण्डेशनका वरिष्ठ सुशासन तथा नीति विज्ञ परशुराम उपाध्याय, पालिकाका अध्यक्ष ,लगायतको सहभागिता रहेको थियो ।
आर्थिक विकास भनेको आर्थिक र गैरआर्थिक क्षेत्र हरू को सकारात्मक परिवर्तन र विकास भएको अवस्था हा। आर्थिक विकास भन्नाले भौतिक संरचनाहरूको विकासका साथ साथै सामाजिक कल्याण जस्तै शिक्षा, स्वास्थ्य, सञ्चार, सरसफाइ आदीमा भएको गुणात्मक तथा परिमाणात्मक परिवर्तन भन्ने बुझिन्छ।































