बझाङको मष्टा गाउँपालिकाका विभिन्न वडामा सुधारिएको फलामे चुलो वितरण

Image
Nisarga Hospital

बझाङः मष्टा गाउँपालिकाका विभिन्न वडाका कृषक समुहलाइ सुधारिएको फलामे चुलो वितरण गरिएको छ । साहारा नेपाल बझाङ र स्वालोज अफ फिनल्यान्डको सहकार्यमा सञ्चालित खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन, र महिला सशक्तीकरण परियोजनाको आर्थिक सहयोग स्थानीय कृषकहरूलाई धुवाँरहित चुलो वितरण गरिएको हो।

CP Hospital Dhangadhi

। परियोजना अन्तर्गत मष्टा गाउँपालिका वडा नम्बर ३,४,५,६ र ७ का कृषक समुहका २० जना दलित, एकल महिला र विपन्न सदस्यहरूलाई सुधारिएको धुवाँरहित फलामे चुलो वितरण गरिएको छ।

nawajiwan
Attariya Hospital

परम्परागत चुलोका कारण स्वाथ्यमा असर पर्ने भएपछि उनीहरुलाइ निःशुल्क सुधारिएको चुलो वितरण गरेको परियोजनाका फिल्ड संयोजक दिनेश रोकायाले बताउनुभयो । दाउरा कम लाग्ने र धुवाँ नियन्त्रण हुने भएपछि उक्त समूहका सदस्यहरुलाइ सुधारिएको चुलो वितरण गरिएको उहाँको भनाइ छ । सुधारिएको चुलोको प्रयोगले दाउरा प्रयोगमा कमि भई दाउरा जम्मा गर्न लाग्ने समय र श्रम, खर्चमा समेत कमि ल्याउन सकिने बताइएको छ ।

यस चुलोको प्रति चुलो मूल्य ७००० रुपैयाँ रहेको समेत रोकायाले बताउनुभयो । आगामी चरणमा समूहका अन्य सदस्यहरूलाई पनि यस्तै चुलो वितरण गरिने योजना रहेको फिल्ड संयोजक रोकायाले जानकारी दिनुभयो। यो प्रयासले स्थानीय समुदायको स्वास्थ्य सुधारमा योगदान पुग्ने र वातावरणीय दिगोपनमा टेवा पुर्‍याउने अपेक्षा परियोजनाको छ।

मष्टा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम जोशीले सुधारिएको चुलोले दाउराको खपत घटाउने, चुलोको कार्यदक्षता बढाउने र घर भित्रको धुवाँ कम गर्ने भएकाले सुधारिएको आधुनिक चुलो प्रयोग गर्न सुझाव दिनुभयो ।