दुर्गाथलिको चौधारी हुँदै मौलाली देउलेख जोड्ने ग्रामीण सडककाे सरसफाइ गरिँदै

Image
Nisarga Hospital

बझाङको दुर्गाथलि गाउँपालिकामा ग्रामीण सडकहरुको सरसफाइ थालिएको छ । आइतबारदेखि दुगाथलि गाउँपालिकाको कार्यालय चौधारी हुँदै वडा नम्बर ३ को मौलाली, देउलेख जोड्ने ग्रामीण सडकको सरसफाइ थालिएको हो ।

CP Hospital Dhangadhi

बर्खायाममा आएको पानीले सडकमा पारेका खाल्डाखुल्डी पुर्ने तथा ढुङ्गा माटो पन्छ्याएर सडक सफा गर्न लागेको वडाध्यक्ष रमेश बहादुर बोहराले जानकारी दिनुभयो ।

Attariya Hospital

सडकमा बर्खायाममा आएको पानीले जताततै खाल्डाखुल्डी पारको थियो भने ढुङ्गा माटो आएर सडक बिग्रिएको थियो अध्यक्ष बोहराले भने, अहिले जेसिबी प्रयोग गरेर उक्त सडक सफा गरिरहेका छौ । यो सडकमा बर्खायाममा समेत गाडी चलेता पनि खाल्डाखुल्डी तथा ढुङ्गा माटो हँदा आवतजात गर्नमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम थियो । अहिले सडक सरसफाईको कार्य थालेदेखि स्थानीयमा  खुसी छाएको छ, भने दुर्घटनाको जोखिम पनि हटेको छ ।

nawajiwan

गाउँपालिकाको जेसिबी बिग्रेको भएतापनि अहिले भाँडाको जेसिबी प्रयोग गरेर सडक सफा गर्ने काम भइरहेको अध्यक्ष बोहराले सुदूर खबर संग बताए । आइतबारदेखि बिहान साढे ६ बजेदेखि राती १० बजेसम्म धमाधम सडक सरसफाइ गर्ने काम भइरहेको छ । चौधारी देखि मौलाली हुँदै देउलेख सम्मको सडक मंगलबारसम्म सफा गरिसक्ने वडा कार्यालयले जनाएको छ ।