
बझाङः बहुउदेश्यिय विकास समाज डडेलधुरा द्वारा जिल्ला स्थित सरोकारवाला सँग समन्वय तथा वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ । बहुउदेश्यिय विकास समाज डडेलधुराले सरोकारवाला सँग समन्वय , बझाङ जिल्लामा वर्ष भरी गरेको कामको समीक्षा, प्रगति र आउने दिनमा कसरी अगाडि बढ्रन सकिन्छ भन्ने उदेश्यले सरोकारवाला सँग वार्षिक समीक्षा गोष्ठी गरिएको हो ।

बहुउद्देश्यीय विकास समाज डडेलधुरा र सेब द चिल्ड्रेन को सहकार्यमा सञ्चालित ग्लोबल फण्ड एच आईभि / टिबी रोकथाम कार्यक्रम अन्तर्गत बझाङ जिल्लाको १० पालिकामा काम गदै आएको छ । जिल्लाको जयपृथ्बी नगरपालिका,मष्टा गाउँपालिका,खप्तडछान्ना गाउँपालिका, छबिसपाथीभेरा गाउँपालिका,दुर्गाथली गाउँपालिका,बुङगल नगरपालिका,बित्थडचिर गाउँपालिका,सुर्मा गाउँपालिका,केदारस्यु गाउँपालिका र थलारा गाउँपालिकामा काम गदै आएको ग्लोबल फण्ड एच आईभि / टिबी रोकथाम परियोजनाका कार्यक्रम अधिकृत अमृत प्रसाद पण्डितले बताउनुभयो ।

कार्यक्रम लागु भएको पालिकामा समुदायमा एच आईभि चेकजाँच, यौन शिक्षा, क्षयरोग स्क्रिनिङ र अस्थाइ साधन वितरण गर्दै आएको कार्यक्रम अधिकृत पण्डितले बताउनुभयो । ग्लोबल फण्ड एच आईभि / टिबी रोकथाम कार्यक्रम बैतडी र बझाङ जिल्लामा १६ मार्च २०२१ बाट शुभारम्भ भएको हो ।
वर्ष भरी गरेका काम र प्रगतिको बारे जानकारी गराउदै परियोजना संयोजक लोकेन्द्र पन्तले हाल एमपिडिएसको कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा १ सय ६७ जना एचआइभी सङ्क्रमित रहेको बतानुभयो । जिल्लामा २ सय २१ जना एचआइभी सँक्रमित पत्ता लगाउनुपर्ने लक्ष्य रहेको भएपनि हाल सम्म १ सय ६७ जना पत्ता लागेको जसमा ९५ जनाले औषधि सेवन गरीरहेको उहाँले बताउनुभयो । ६ जना एचआइभी पोजेटिभ देखिएकाहरूले भने औषधि नियमित सेवन नगर्ने गरिएको पाइएको छ । यस्तै १६ जना सँक्रमितहरू भने जिल्ला बाहिर गएर औषधि सेवन गर्ने गरेको पाइएको छ ।

जिल्ला भरी पालिकातहको तथ्याङ्क हेर्ने हो भने केदारस्यु गाउँपालिकामा १९ जना एचआइभी सङ्क्रमितले औषधि सेवन गरीरहेका छन् भने थलारा गाउँपालिकामा १८ जना, छबिसपाथीभेरा गाउँपालिकामा १३ जना, बुङगलनगरपालिकामा ११,दुर्गाथली गाउँपालिकामा ९ जना, बित्थडचिर गाउँपालिकामा ८ जनाले औषधि सेवन गरीरहेका छन् । भने जयपृथ्बी नगरपालिकामा ८ जना,मष्टा गाउँपालिकामा ३, खप्तडछान्ना गाउँपालिका ३ तल्कोट गाउँपालिकामा २ जना एचआइभी सङ्क्रमितले औषधि सेवन गरीरहेको तथ्याङ्कले देखाएको छ ।
संस्थाको तथ्याङ्क अनुसार यो आर्थिक वर्षमा मात्र ८ जनामा एचआइभी पोजेटिभ केश फेला परेका छन् । १५ हजार ९ सय ४६ जनाले टेस्ट गर्दा ८ जनामा एचआइभी पोजेटिभ देखिएको परियोजनाका कार्यक्रम अधिकृत अमृत प्रसाद पण्डितले बताउनुभयो । संस्थाले पछाडि परेका,पारिएका भूमिहीन वर्ग, बालबालिका,,दलित,जनजाति तथा महिला पुरुषलाइ शैक्षिक सामाजिक र आर्थिक रूपमा समान अवसर दिलाइ क्षमता अभिवृद्धि तथा अन्य सामाजिक सुधारात्मक कार्यमा सुधार ल्याउने लक्ष्यका साथ काम गरीरहेको परियोजना संयोजक लोकेन्द्र पन्तले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जयपृथबी नगरपालिका नगरप्रमुख चेतराज बजालले एचआइभी सङ्क्रमितको गोपनियता पनि गोप्य राख्नुपर्ने भएकाले पनि काम गर्न सजिलो नभएको बेला संस्थाले प्रसनिय रामे्रा प्रगति गरेको बताउनुभयो । स्थानीय तहबाट पनि के कस्ता सहयोग गर्न सकिनछ त्यसमा आफूहरू पनि लाग्ने बताउनुभयो ।
कार्यक्रमको समापन गदै कार्यक्रमका सभाध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले जहा सरकार पुग्न सक्दै त्यहाँ गैरसरकारी संस्थाको भूमिका धेरै हुने गरेकाले दुर्गम भेग सम्म पुगेर सूक्ष्म तरीकाले काम गर्न सुझाब दिनुभयो । साथै स्थानीय पाठ्यक्रममा एचआइभी सम्बन्धि विषय समावेश गराउन सके अझै प्रभावकारी बन्ने बताउनुभयो ।
































