सिगास गाउँपालिका : घाम डुब्दा सम्पर्कविहीन, नेटवर्क हराउँछ, वडा नं. २ लाइ ध्यानाकर्षण पत्र

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

बैतडीको सिगास गाउँपालिकामा नेपाल टेलिकमको नेटवर्क समस्याको कारण नागरिकहरु सम्पर्कविहीन हुनुपर्ने अवस्था सिर्जना भएको छ । गाउँपालिकाका अधिकांश वडाहरूमा दिउँसो घाम लागेपछि नेटवर्कले काम गर्ने साथै घाम अस्ताएपछि नेटवर्क हराउने गरेको स्थानियले बताएका छन ।

सिगास गाउँपालिका– १ र २ का नागरिकहरु दिनभर कामकै चटारोले बहिनीको हालखबर बुझ्न नपाउने र बेलुकी फुर्सदिलो समयमा कहिल्यै कुरा गर्न पाउँदैनन् । वडा नं. १ र २ का नागरिकहरु मात्र हैनन अन्य वडा सहित गाउँपालिका सदरमुकाम गर्जेमा बसोबास गर्ने कर्मचारी, स्थानिय ब्यापारी र अन्य फोन प्रयोगकर्ता बेलुकी कहिल्यै आफन्तसँग फोनमा कुराकानी गर्नै पाउँदैनन् । कारण हो नेपाल टेलिकमको टावरले घाम डुब्दै गर्दा काम गर्न छोड्छ ।

nawajiwan

‘नेपाल टेलिकमले गाउँपालिकाका बिभिन्न डाँडोमा टावर त राख्यो, तर टावरले जसोजसो घाम डुब्दै जान्छ, मोबाइलमा नेटवर्क हराउँदै जान्छ,’ स्थानियले बताएका छन ।

‘घाम लागेका दिन दिनभर नेटवर्कले काम गर्छ, घाम नलाग्दा दिउँसो पनि कामै गर्दैन,’ उनले भने,‘राति त जहिल्यै पनि उही समस्या हो ।’ राति कोही बिरामी पर्दा या समस्या परेमा समेत फोन गर्न समस्या रहेको सिगास गाउँपालिका वडा नं. २ का स्थानिय तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिगास गाउँपालिका सभापति सूर्यबहादुर बोहराले जानकारी दिनुभयो ।

यस ठाउँमा रातिको समयमा कोही बिरामी प¥यो भने गाडीमा अस्पताल लैजान गाडी भएको ठाउँ सम्मै खबर गर्न पुग्नु पर्छ,’ उनले भने,‘टेलिकमको टावर हुँदा पनि चौबीसै घण्टा नेटवर्क नहुँदा हामीलाई रातिको समयमा सास्ती खेप्नु परेको छ ।’

घाम लाग्दा दिनभर काम गरेपनि बेलुकीपख मोवाइलको नेटवर्क नै नहुने समस्याले यहाँका आम उपभोक्ताले दुःख पाइरहेको उहाँको भनाई छ । उनले भने,‘हामीले नेपाल टेलिकमको कार्यालय बैतडी नेटवर्कको समस्या समाधान गरिदिन भन्दै पटक पटक जानकारी गरायौँ, तर कुनै पहल भएन ।’

Attariya Hospital

यसैबिच सिगास गाउपालिका वडा नं. २ मा नेपाल टेलिकमको नेटवर्क समस्याले सेवाग्राही मारमा परेको अवगत गराउदै वडा नं. २ का वडा अध्यक्ष ठगेन्द्र सिंह ऐरलाइ ध्यानाकर्षण पत्र दिएका छन् ।

हिजो सोमबार ८३ जना स्थानिय नागरिक, कृषि विकास बैंक गाँजरीका प्रतिनिधिहरु, अर्जुन मावि गाँजरीका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको संयुक्त हस्ताक्षरमा वडा अध्यक्ष ठगेन्द्र सिंह ऐरलाइ ध्यानाकर्षण पत्र बुझाइएको हो । नेपाल टेलिकमको नेटवर्क समस्याको कारण नागरिकहरु सम्पर्कविहीन हुनुपर्ने अवस्था सिर्जना भएको र दिउँसो घाम लागेपछि नेटवर्कले काम गर्ने साथै घाम अस्ताएपछि नेटवर्क हराउने गरेको हुनाले यस्को स्तरोन्नति गरी भरपर्दो नेटवर्क समस्यालाई सम्बोधन गर्न ध्यानाकर्षण पत्र बुझाइएको सिगास गाउँपालिका वडा नं. २ का स्थानियले बताएका छन ।

यस बारेमा वडा नं. २ का वडा अध्यक्ष ठगेन्द्र सिंह ऐरले ध्यानाकर्षण पत्र बुझ्दै केही दिनमै नेपाल टेलिकमको कार्यालय बैतडी र विद्युत प्राधिकरण बैतडीलाइ जानकारी गराउने साथै यस विषयमा सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामी मार्फत नेपाल टेलिकमको कार्यालय बैतडी र विद्युत प्राधिकरण बैतडीलाइ जानकारी गराउने आश्वासन दिनुभएको छ ।

यसअघि नेपाल टेलिकमको कार्यालय बैतडीलाइ बुझ्न खोज्दा विद्युतको समस्या भएको र तत्काल समस्या समाधान गर्ने आश्वासन दिएकोमा हालसम्म नेटवर्क समस्या समाधान भएको छैन ।

नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा सिगास गाउँपालिका सदरमुकामबाट अत्यावस्यक कामकाज गर्न देखि लिएर ९ वटै वडा कार्यालय, कृषि विकास बैंक गाँजरी बाट सामाजिक सुरक्षा भत्ता वितरण देखि अन्य बैङ्किङ कारोवार गर्न समस्या देखि लिएर यहाँका विद्यालयहरू, सरकारी गैरसरकारी संस्थाहरू र स्थानिय हरुलाई नेटवर्क नहुदाँ समस्या भोग्नुपर्ने बाध्यता लामो समयदेखि रहिआएको छ ।
हेर्नुहोस ध्यानाकर्षण पत्र:-