देउरा बजारको सरसफाइ

Image
Nisarga Hospital

बझाङको केदारस्युँ गाउँपालिका १ मा रहेको मुख्य बजार देउरामा सरसफाइ गरिएको छ ।
नजिकिदैँ गरेको तिहारलाई लक्षित गरेर आज बजारको सरसफाइ गरिएको हो ।

CP Hospital Dhangadhi


देउरा बजार व्यवस्थापन समिति र वडा कार्यालयको आयोजना तथा रायल प्राथमिक स्वास्थ्य चौकी, रायल प्रहरी चौकी, स्थानीय व्यापारीको सहयोगमा बजारको सरसफाइ गरिएको बजार व्यवस्थापन समिति अध्यक्ष जीवन कुमार भण्डारीले बताउनुभएको छ ।
बजार क्षेत्रदिनप्रतिदिन फोहोर हुनथालेको र यसले गर्दा विभिन्न खाले रागे व्याधि फैलिन सक्ने भएकाले सरसफाइ गरिएको अध्यक्ष भण्डारीले बताउनुभएको छ । उनले भने अहिले तिहारको समय छ, बजारमा सरसामान सकिन्नेहरुको भिडभाड हुन्छ, बजार फोहोर भए बजारको सौन्र्दयता घट्नुका साथै उनीहरुमा पनि रोग फैलिने डर हुन्छ त्यसैले बजारमा सरसफाइ गरिएको हो ।
सरसफाइ टोलीले पसलबाट निस्कीने जथाभावी फालिएको फोहोर उठाएर सरसफाइ गरेको छ । सार्थै उक्त टोलीले व्यापारीहरुलाई आजबाट आ-आफ्नो पसल अगाडी आफै सफागर्न सुझाव समेत दिएको छ ।

nawajiwan
Attariya Hospital

सरसफाइ कार्याक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा धामी, बजार व्यवस्थापन समिति अध्यक्ष भण्डारी, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अम्मराज बिष्ट , अन्य पालिकाका कर्मचारी, रायल प्राथमिक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी , रायल प्रहरी चौकीका सुरक्षाकर्मी, स्थानीय व्यापारी समाजसेवी पत्रकारको सहभागीता रहेको थियो ।
त्यस्तै देउरा बजारमा हुने फोहोर फाल्नका लागि डम्पिङ साइडको व्यवस्थापनका लागि तयारी भइरहेको बजार व्यवस्थापन समिति अध्यक्ष भण्डारीको भनाइ छ ।