बझाङमा पोखरीमा डुबेर एक बालकको मृत्यु

Image
Nisarga Hospital

बझाङमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका ७ सुबेडाका हरिप्रसाद सुबेदीका ४ वर्षीया छोरा हिमेश सुबेदीको पोखरीमा डुबेर मृत्यु भएको हो ।

CP Hospital Dhangadhi

मंगलबार आज विहान १० बजेको समयमा घरनजिकै रहेको पोखरीमा डुबेर हिमेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिनुभयो ।

Attariya Hospital

हिमेशलाई आफन्तले पोखरीमा डुबेको अवस्थामा फेला परेपछि उपचारका लागि जिल्लला अस्पताल लगिएको थियो । उनलाई अस्पताल पुर्याएको केही समयपछि डाक्टरले उनको मृत्यु भएको बताएका प्रहरीले जनाएको छ ।
बालक पोखरीमा खसेको हुनसक्ने पारीवारी स्रोतले जनाएको छ ।

nawajiwan