
सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्मको छैटौँ स्थापना दिवस मनाइएको छ । आज विविध कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको हो । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक उद्यब बहादुर न्यौपानेले स्थापना दिवसको उद्घाटन गनुभयो । उद्घाटन कार्यक्रममा जयपृथ्बी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल, विभिन्न वडाका वडा अध्यक्षहरू, प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भटराइ, सुरक्षा निकायका प्रमुखहरु ,विभिन्न राजनितीदलका प्रतिनिधि, स्थानीय पत्रकार लगाएतको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक उद्यब बहादुर न्यौपानेले विपद् व्यवस्थापन तथा उद्धारका कार्यमा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा भएका ठुला आगलागीका घटना तथा बाढी पहिरोका घटनामा मानवीय सुरक्षाका लागि विशेष योगदान गरेको उहाँले उल्लेख गर्नुभयो । आगामी दिनमा पनि यस गुल्मको गौरवलाई जोगाई राख्न आग्रह गर्नुभयो ।

यस्तै आफ्नो मन्तव्य राख्दै जयपृथ्बी नगरपालिका नगर प्रमुख चेतराज बजालले सशस्त्र प्रहरी बल यो ठाउँमा पाउनु गौरवको विषय भएको बताउनुभयो । यता सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद भट्टले भने यस गुल्मको गरिमालाई कायम राख्ने बताउनुभयो । गुल्मपति भट्टले सबै पक्षलाई धन्यावाद ज्ञापन समेत गर्नुभयो ।



स्थापना दिवसको अवसरमा उकृष्ट कार्य गर्ने सशस्त्र प्रहरी हबलदार इन्नर सिंह बोहरा, तर्कराज पन्त , प्रहरी जवान सन्तोष वड, दीपक गुर्धामि, मकेश महर लाई कदर पत्र सहित पुरस्कार वितरण गरिएको थियो साथै । साथै २ माइल दौड मा प्रथम हुने सशस्त्र प्रहरी जवान अनिल धामी,हतियार खोलजोडमा सशस्त्र प्रहरी बरीष्ट हबलदार बसन्त बहादुर सिंह, हाजिरी जवाफ तर्फ सशस्त्र प्रहरी बरिष्ट हबलदार मान बहादुर नाथ, सशस्त्र प्रहरी हबलदार चक्र बहादुर बिष्ट, अनिल बहादुर रोकाया, धमेनु बिष्ट,चेतराज उपाध्यायलाइ समेत सम्मान गरिएको थियो ।

दिवसको अवसरमा प्रहरी जवान सहित कलाकार अनूप बिष्ट र मनिसा सिंहले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । कलाकार बिष्ट र सिहलाइ समेत नगद सहित सम्मान गरिएको थियो । सशस्त्र प्रहरी निरीक्षक धन बहादुर सिंहले कार्यक्रम सञ्चालन गर्नुका साथै प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बझाङमा २०७६ साल कार्तिक १३ गते सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्मको स्थापना भएको थियो । हाल यो गूलम जयपृथ्बी नगरपालिका वडा नम्बर ६ अठलामा रहेको आफनै भवनबाट सेवा दिदै आएको छ ।































