
बझाङमा जुवाखालबाट ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिकाको सिमखेतबाट हिजो राति २ बजेर ४० मिनेटमा जुवातास खेलिरहेको अवस्था नगद सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–९ सिमखेत बस्ने ६५ वर्षीय बजुर खड्काको कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई नगद ६६ हजार १ सय ३० रुपैया र २ गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जयपृथ्बी नगरपालिका ९ बस्ने ६५ वर्षीय बजुर खड्का, अन्दाजी ६० वर्षीय खडक खड्का, अन्दाजी ४० वर्षीय शिबराज जोशी, छबिसपाथिभेरा गाउँपालिका ७ का अन्दाजी ४५ वर्षीय सेर बहादुर मण्डेल, छबिसपाथिभेरा गाउँपालिका २ का अन्दाजी ४० वर्षीय अर्जुन मण्डेल रहेका छन् ।































