
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–४ को बुढीतोला नजिकै रहेको सेल्फीडाँडामा रोपिएका हजारौ सयपत्री फूलका बोट फुले सँगै फूलमालाले बजार लिदै गरेको छ ।

सेल्फीडाँडामा प्रदेश स्तरकै पार्क निर्माण गर्न गोदावरी नगरपालिका, सेती सामुदायिक वन संगको सहकार्यमा हजारौ सयपत्री फूलसँगै, आँप, लिची, अम्बा, गुल्मोहर लगायतका फूल तथा बिरुवा रोपिएका थिए । जस अन्तरगत करिब १८ हजार सयपत्री फूल फुले सँगै नजिकै रहेको अत्तरिया बजारमा फूलका मालाहरु बिक्रीबितरणका लागि बजारमा आई पुगेको जानकारी संयोजक हरि भट्टराईले बताएका छन ।

यस ठाउँबाट उत्पादित फूलमालाहरुलाई बजारी करणका लागि एभरेष्ट्र एकेमेडीका बिद्यार्थी भाईबहिनीलाई जिम्मा दिएको समेत बताएका छन । अत्तरिया बजारको महेन्द्रनगर गल्ली (वर पिपलगल्लीको चोकमा ) उत्पादित फूलमाला बिक्रीबितरणका लागि राखिएको र बिद्यार्थी भाईबहिनीहरुको मनोबिज्ञान सँगै व्यावसायिक ज्ञान, ब्यक्तित्व विकास हुने समेत बताएका छन ।
सयपत्री फूल फुलेसँगै अनुगमनका क्रममा गोदावरी नगर प्रमुख बिरेन्द्र भट्टले भने, तराई र पहाडको समिपमा रहेको यो सेल्फीडाडाँलाई प्रदेश स्तरकै पार्कको स्वरुपमा डिपिआर अनुसार अगाढी बढाउदै लैजादै गर्दा पछिल्लो समयमा यस पार्कमा फलफूल सँगै हजारौ बोटबिरुवा बृक्षारोपण पछि सयपत्री फूलले बजार पाउन थाले सँगै प्रतिफल लिने समय आएको बताएका छन ।
गोदावरी नगरपालिकाले प्लाष्टिक प्रयोगमा निषेधिद गर्दै गर्दा यो दिपावली र छठ पर्वलाई मध्यनजर गर्दै स्थानिय जनताहरुलाई सहुलियत दरमा बिक्रीबितरणका लागि पनि आफूले सुझाव दिएको बताएका छन ।

आगामी दिनमा बढी मात्रामा फूलका बोट बिरुवा रोप्ने र सयपत्री संगै मखमली (सुपारी) फूल लगायत चाँडपर्व सँगै पर्यटन बिकासमा लागि पालिकाले गर्न सक्ने सहयोग गर्ने समेत बताएका छन ।
यस ठाउँलाई पर्यटकिय स्थलका रुपमा विकास गर्नका लागि संघिय सरकारबाट समेत केही पैसा विनियन गर्न सफल भएको बताएका छन । यस ठाउँमा फूल उत्पादन गर्नाले सस्तो सुलभ र स्तरिय सँगै फूललाई बजारीकरण गर्नका लागि विद्यार्थी भाईबहिनीले समेत व्यावासायिक क्रियाकलापमा विकासहुने समेत बताएका छन ।
भिमदत्त राजमार्ग अन्तरगत गोदावरी पुलबाट सवारीमार्फत करिब १० मिनेटको दुरीमा पर्ने सेल्फीडाँडामा पार्क निर्माण भएमा पर्यटकको संख्या समेत वृद्धी हुने नगरपालिकाको विश्वास छ ।
तेसै गरी शिक्षा पत्रकार टेकराज अबस्थीका अनुसार पालिकाले सामुदायिक वन र बालग्रीस ट्रेडिङ् प्रा.लिसंगको सहकार्यमा व्यावसायिक रुपमा फूलको उत्पादन तथा वजारीकरण गर्ने कार्य अत्यान्त प्रभावकारी र व्यावहारीक भएको बताएका छन । यसले बिद्यार्थी भाईबहिनीहरुको मनोबिज्ञान सँगै व्यावसायिक ज्ञान सँगै ब्यक्तित्व विकास हुने समेत बताएका छन ।
तेसै गरी अत्तरिया उद्योग बाणिज्य सँघका सदस्य तथा नेपाल तरुण दल गोदावरी नगर सभापति युवा व्यावसायी रमेश भट्टराईका अनुसार यस सेल्फी डाँडामा फलाएका फूल जस्तै गोदावरी नगरपालिका सवै वडामा यसै गरी फूल खेतीको विकास गर्नाले सबै ठाउँको विकास सँगै प्लास्टिक जन्य फूलको प्रयोगमा कमी आउने बताएका छन । यस ठाउँमा उत्पादित फूलखेतीले आर्थिक सँग सँगै पर्यटकिय क्षेत्रको रुपमा विकास हुने बताएका छन ।








































