जयपृथ्वी युवा क्लबद्वारा आयोजित खसी कप क्रिकेटको उपाधि दैपाडी युवा समाजलाई

Image
Nisarga Hospital

बझाङको छबिसपाथिभेरा २ मुम्लामा स्थापित जयपृथ्वी युवा क्लबले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला खसी कप क्रिकेट प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

हिन्दुहरूको दोस्रो ठूलो महान चाड शुभ दिपावली, छठ पर्व २०८१ तथा नेपाल सम्वत् ११४५ को पावन अवसरमा रजन्तोला खेल मैदानमा आयोजित खसी कप क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको हो ।

कार्तिक १५ गतेदेखि सुरु भएको खसी कप २०८१ को उपाधि दैपाडी युवा समाज मोतैले हात पारेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

उपाधिका लागि आयोजक (बि) र दैपाडी युवा समाज बिच भएको खेलमा आयोजकलाई ३१ रनले हराउँदै दैपाडी युवा समाजमोतैले उपाधि हात पारेको हो ।

प्रतियोगिताको उपाधि हासिल गरेको दैपाडी युवा समाजले २५ हजारको ठूलो खसी पुरस्कार प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा उपविजेता भएको आयोजक (बि) ले भने ५ केजी बैलर कुखुरामा चित्त बुझाएको छ ।

पछिल्लो समयमा लोकप्रिय हुँदै गएको क्रिकेट खेलको विकास खेलाडीको पहिचान र खेलाडीलाई हौसला प्रदान गर्नका लागि खसी कपको आयोजना गरेको जयपृथ्वी युवा क्लबका अध्यक्ष मिलन कठायतले बताए ।

Dhnagadhi & Krishanapur