
बैतडी: हरेक वर्ष कार्तिक अष्टमीको दिन बैतडीकै प्रसिद्ध मन्दिर शिगास धाम मन्दिरमा लाग्ने जात्राको भोली पल्ट नवमीका दिन लाग्ने सिगास गाउँपालिकाको वडा नं. ४ गढतोलामा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक स्थल निलपाल मन्दिरमा भाेली २५ गते जात्रा (जात) हुने भएको छ ।

विशेष पूजाआजाका साथ २५ गते राती मन्दिरमा बिशेष पूजाआजा सँगै रतेणी जात्रा र भोलीपल्ट २६ गते बिहान दिउँसेणी जात्रा हुने भएको हो ।

सिगास गाउँपालिका वडा नम्बर ४ स्थित गढतोलामा रहेको निलपाल मन्दिरमा लाग्ने जात्रामा सिगास गाउपालिकाका नौ वटै वडा सहित छिमेकी जिल्ला डोटीको छपाली, बझाङको धारी, डडेलधुरा नवदुर्गा र बसाई सरेर गएका कञ्चनपुर र कैलाली जिल्लाबाट समेत देवताप्रती आस्थावान दर्शनार्थीहरु आउने गर्दछन ।

गढतोलामा अवस्थित सुप्रसिद्ध धार्मिक स्थल निलपाल मन्दिरमा पूजाआजा गरेमा मनोकामना पूरा जनविश्वास रहीआएको छ ।































