नेपाल विद्यार्थी संघ केदारस्यूँद्वारा आगलागी पीडित परिवारलाई सहयोग हस्तान्तरण

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

नरेश बिष्ट – बझाङ । केदारस्यूँ गाउँपालिका नेपाल विद्यार्थी संघले आगलागी पीडित परिवारलाई सहयोग गरेको छ ।

गत कार्तिक १७ गते केदारस्यूँ गाउँपालिका ९ नारुगौडा नजिकै जयबहादुर रावलले थापेको पसलमा आगलागीबाट ठूलो धनजनको क्षति भएको थियोे

nawajiwan

उक्त पीडित परिवारलाई केदारस्युँ गाउँपालिका नेपाल विद्यार्थी संघ सभापति  रोशन भण्डारी र दलित संघ सभापति सुनिल बिकको नेतृत्वमा गएको टोलीले आज आइतबार  साझ तत्काल राहत स्वरूप १५  हजार ५ सय ५ रुपैयाँ नगद हस्तान्तरण गरेको हो  ।

Attariya Hospital

१७ गते दिउँसो साढे २ बजेटको समयमा रावलको जस्तापाता छाएको पसलमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा पसलमा भएको सम्पूर्ण समान जलेर पूर्ण रूपमा नष्ट भएको थियोे ।

सो घटना पश्चात अहिलेसम्म आर्थिक सहयोग अभियान चलाएर गाउँपालिका सभापति भण्डारी र बिक आफैँ सहयोग लिएर पीडित परिवारलाई भेट्न पुगेका थिए ।

उनका अनुसार पीडित परिवारलाई तत्कालका आफूबाट हुने सक्दो  सहयोग गरिएको छ ।

उक्त राहत वितरणले आगलागीबाट पीडित परिवारलाई तत्कालीन कठिन परिस्थितिमा केही सहयोग पुर्‍याउने आशा गरिएको छ । राहत वितरणका क्रममा ने बि संघ का युवा नेता निराजन भण्डारी र अन्य स्थानीय लगायतका व्यक्तिहरुको पनि उपस्थिती रहेको थियो ।