
बझाङः बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत छबिसपाथीभेरा गाउपालिका १ बालुवाटारमा ट्रक दुर्घटना भएको छ ।

आज दिउसो ४ बजे धनगढी देखि बझाङ्ग चैनपुर खाध्यान्न बोकी आउदै गरेको से १ ख ३६९१ नम्बर को ट्रक बालुवाटारको सुख्खा पहिरोमा खसेको हो । बाटो जोखिम पुणर् रहेको र त्यसैमा लोड बढि हुदा ट्रकको मुनिपट्टिको भाग भाँसिएर दुर्घटना भएको प्रहरीले जनाउको छ ।

मालबाहक ट्रक सडकबाट करिब ५ मिटर तल खसेको र ट्रक चालक बैतडि सिगासका घर भएका २८ वर्षीय पवेन्द्र चन्द सकुशल रहेका जिल्ला प्रहरि कार्यालय बझाङले जनाएको छ ।

ट्रकमा बोकेको अन्दाजी ५ टन चामल नष्ट भएको छ । जालेबगर नजिकै बालुवाटारमा गत महिना देखी सुख्खा पहिरो संगै ढुंगा आइरहेको छ ।
































