नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा द्धारा चौमाला बहुमुखी क्याम्पसको भवनको उद्घाटन

Image
Nisarga Hospital

धनगढी ः नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमाला बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै सभापति देउवाले भौतिक संरचनासंगै गुणस्तरिय शिक्षामा पनि जोड दिन आग्रह गरे ।

CP Hospital Dhangadhi

उनले भने – शैक्षिक क्षेत्रमा धेरै पूर्वाधार निर्माण भएका छन, अब गुणस्तरियसंगै प्राविधिक शिक्षामा जोड दिनुपयो, मैले सक्ने सहयोग गर्न तयार छु ।

म यही ठाउँको मान्छे हु, यहाँका सबै समस्या थाहा छन, मैले सक्ने सहयोग गर्ने छु उनले भने, क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिनेशराज जोशीले क्याम्पसको सुरुवात भएको तर अझै धेरै काम बाँकी रहेकाले सहयोग गर्न पूर्वप्रधानमन्त्री देउवालाई आग्रह गरे ।

nawajiwan
Attariya Hospital

सो अवसरमा बोल्दै नेपाली कांग्रेसका प्रदेश सभापति तथा प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायर, सोही क्षेत्रका प्रदेश सभा सदस्य तथा सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी लगायतले पनि देउवा सुदूरपश्चिमको अभिभावक भएकाले यहाँका समस्या उहाँकै पहलमा मात्र समाधान हुने विश्वास गरे ।

सभापति देउवाले आइतबारै धनगढी उपमहानगरपालिका–१६ मा रहेको वेहेडावावा धार्मिक क्षेत्रमा पुगेर त्यहाँ पूजाआजा समेत गरे । गौरीगंगा नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा समेत सहभागी भएका देउवाले वेहेडाबाबा मन्दिरको दर्शन गर्ने ईच्छा व्यक्त गरेका थिए ।

सभापति देउवाले गेटा अस्पतालको समेत निरीक्षण गरे । निरीक्षणपश्चात संक्षिप्त प्रतिक्रिया दिदै उनले गेटा अस्पतालको स्तरउन्नतीको लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।