बझाङमा उपनिर्वाचनः तिन दलले गरे मनोनयन दर्ता

Image
Nisarga Hospital

बझाङः बझाङमा उप निर्वाचनको चहल पहल बढेको छ । १६ मंसिरमा हुने सुर्मा गाउँपालिका वडा नम्बर ४ को उपनिर्वाचनका लागि आइतबार तिन मुख्य दलहरुले मनोनयन पत्र दर्ता गराएको छन्। बिहान १० देखि अपराह्न ५ बजे सम्म सुर्मा गाउँपालिका वडा नमबर ४ को वडा कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तिन वटै दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछाने जानकारी दिनुभयो ।

CP Hospital Dhangadhi

आईतबार विहान नेकपा माओवादी केन्द्रको बिहान ११ बजे,नेपाली कागे्रसको दिउसो २ बजे र नेकपा एमालेले बेलुका ४ बजे मनोनयन दर्ता गराएका हुन् ।

मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजे सम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनय पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरीने छ ।

nawajiwan

दिउसो १ बजे सम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने र सोही दिन दिउसो ३ देखि ५ बजेसम्म उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिने मुख्य निर्वाचन कार्यालयले जनाएको छ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका वडाध्यक्ष सर्जन बोहराको मृत्यु भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । मुख्य दल नेपाली काँग्रेस बाट धिरेन्द्र पुजारा, नेकपा एमाले बाट लखीचन्द्र बोहरा र नेकपा माओबादी केन्द्र बाट पुस्कर बहादुर बोहरा चुनावि मैदानमा छन् । एक हजार पाँच सय २० मतदाता रहेको यस वडामा एक वटा मतदान स्थल र कर र ख गरी २ वटा मतदान केन्द्र तोकीएका छन् ।

Attariya Hospital

नेपाली काँग्रेसमा उम्मेद्धार धिरेन्द्र पुजाराले आफ्नो विजयी सुनिश्चितद भएको दावि गर्दै, आफु निर्वाचित भएपछि नागरीकहरुको सुःख दुखमा साथ दिने यहाँका नागरीकहरुले स्वस्थ्य शिक्षा र मुख्यतया सडकको बेजोग अवस्था रहेका कारण त्यसमा सुधार गर्ने बताए । साथै उनले सुर्मा गाउँपालिकाको नामाकरण वडा नम्बर ४ मा रहेको सुर्मा देविको नाम बाट नै नामाकरण गरेका कारण यसको प्रचार प्रसार गरी आन्तरीक र बाह्य पर्यटकहरुलाई भित्र्याउन सकेमा यहाँका नागरीकहरुले आय आर्जन गर्न सक्ने बताए । उनले यहाँका नागरीकको मुख्य पेशा जडीबुटी भएका कारण यहाँ पाईने विभिन्न खालका जडिबुटीहरु प्रसोधन गर्ने खालको उद्योग संचालन गर्न सके यहाँका नागरीकहरुले रोजगारीका लागी बाहीर धाउननपर्ने बताए ।

यता नेकपा माओबादी केन्द्रका उम्मेद्धार पुस्कर बहादुर बोहराले आफु निर्वाचित भएको खण्डमा यस वडामा एम्बुलेन्सको खाँचो परेका कारण एम्बुलेन्स संचालनमा ल्याउनका साथै सडकको अवस्था कन्ताविजोग रहेका कारण सडकको पुन निर्माण गरी महिला तथा किशोर किशोरीहरुलाई आत्म निर्भर हुने खालका कार्यक्रमहरु संचालन गरी गाउँघरमा नै स्वरोजगारका कार्यक्रमह संचालन गर्न सकिने बताए ।

यता नेकपा एमालेका उम्मेद्धार लखीचन्द बोहराले आफु निर्वाचित भएको खण्डमा यहाँ पाईने जडीबुटी र पर्यटकलाई मुख्य प्राथमिकतामा राखेर यहाँका नागरीकहरुको आय आर्जमा बृद्धी गर्न सकिने बताए । साथै उनले समाजमा रहेका हानिकारक चालचलन अन्त्य गरी, खुःसी सुर्मा बासी र संवृद्ध सुर्मा गाउँपालिका वडा नम्बर ४ बनाउन सकिने बताए ।

मनोनयन दर्तामा सबै दल बाट जिल्ला देखी केन्द्रिय स्तरका नेताहरुको सहभागीता रहेको थियो । निर्वाचन अवधिभरी सुरक्षा ब्यावस्था समेत कडा पारीएको छ ।