बझाङमा नाबालिकाको हत्या आरोपमा एक जना पक्राउ

Image
Nisarga Hospital

बझाङको सुर्मा गाउँपालिका वडा नम्बर (१ का ३२ वर्षीय प्रेम बहादुर बोहरालाई नाबालिका हत्या आरोपमा पक्राउ गरिएको छ। उनलाई उनकी श्रीमती मन्कली साउँदले दिएको उजुरीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीका अनुसार सोमवार अदालतबाट अनुमति लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ।

Attariya Hospital

प्रहरीले दिएको जानकारी अनुसार, २०८१ मंसिर २ गते साँझ मदिरा सेवन पछि श्रीमती मन्कली साउँद सँग विवाद हुँदा बोहराले कुटपिट गरी १ वर्षीय सौतेली छोरी गिता साउँदको हत्या गरेको आरोप लागेको छ । मृतक बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने रिपोर्ट आउन बाँकी छ।

nawajiwan

गत भदौ २२ गते अछामको मंगलसेन नगरपालिका वडा नम्बर ३ बाट मन्कलीसँग भागी बिहे गरेका प्रेमले सौतेली छोरी भन्दै गिताको हत्या गरेको भनिएको छ। मन्कलीले अर्काकी छोरी सँगै ल्याएको भन्दै तनावमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना आइतवार साँझ भएको भए पनि प्रहरीमा उजुरी भने सोमवार मात्र दर्ता भएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।