
धनगढी : स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा विश्व प्रतिजैविक सचेतना सप्ताह २०२४ को अवसरमा आज धनगढी स्थित विभिन्न स्वास्थ्य संग सम्वन्धीत विभिन्न क्याम्पसहरुमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरेर समापन गरिएको छ ।

स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा ‘बुझौँ, बुझाऔँ: आजैबाट रोकथाममा जुटौँ’ भन्ने मूलनाराका साथ धनगढीमा मंसिर ३ गते देखी ९ गते सम्म विश्व प्रतिजैविक सचेतना सप्ताह मनाईएकाे हो । कैलालीमा विश्व प्रतिजैविक सचेतना सप्ताहका बारेमा स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट मिन बहादुर धामीले जानकारी दिए ।
मानिसहले प्रयोग गर्ने औषधीहरुको प्रतिरोध क्षमता विकास भइरहेकाले त्यसलाई घटाउनका लागि सप्ताह व्यापी रुपमा विभिन्न क्रियाकलापहरु गरिएकाे उनले बताए । २०१५ देखि प्रत्येक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्वभरी नै सप्ताह कार्यक्रमहरु मनाउने गरिएको छ ।
उनले औषधीहरुका बारेमा आम मानिसहरुलाई सचेतना जनाउनका लागि कार्यक्रमको आयोजना गरेको बताए । मानिसहरुले विभिन्न प्रकारका औषधी सेवन गरिरहेकाले पछि गएर औषधीले काम नगर्ने सक्ने अवस्था सिर्जन हुने भएकाले यसलाई कम गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको उनले बताए । सप्ताह कार्यक्रमको पहिलो दिन सचेतना रयाली र सरोकारवालाहरु संग अन्तक्रिया कार्यक्रम गरिएको थियो ।































