
मष्टा गाउँपालिकामा गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा मष्टा गाउँपालिका वडा नम्बर २ मा उक्त कार्यक्रम गरिएको हो । आर्थिक वर्ष २०८१ । ८२ अन्तर्गत गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा जिल्ला आयुर्वेदका कर्मचारी बाट दम ,सुगर,ग्यास्टिक, उच्चरक्तचाप, बाथरोग स्त्रीरोग सम्बन्धी सेवा दिएको थियो जसमा २ सय ९० जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख मिन राज पुरीले बताउनुभयो । महिला १ सय ८८ जना र पुरुष १ सय ८ जनाले सेवा लिएका थिए । साथै बिरामीहरुलाइ निःशुल्क औषधि समेत वितरण गरेको थियो ।

घर आँगनमै निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरि विभिन्न रोगकोे निःशुल्क औषधि गर्ने अवसर पाएको भन्दै कार्यालयलाइ सेवाग्राहीले धन्यवाद व्यक्त गरेका छन् । साथै आगामी दिनमा पनि यस्ता शिविरले निरन्तरता दिए समयमै उपचार पाउने सेवाग्राहीको भनाइ छ ।

उक्त कार्यक्रम गाउँपालिकामा २ पटक गर्ने निर्णय समेत गरिएको छ । आयुर्वेद स्वास्थ्य संस्थाको पहुँच नभएका ठाउँमा १५ -१५ दिनमा आयुर्वेद स्वास्थ्य सम्बन्धी सामान्य शिविर सञ्चालन गर्ने र जनतालाई सेवा दिने कार्यक्रम रहेको भए पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सँग बजेट अभाव भएका कारण सेवा दिन केही समस्या हुने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख मिन राज पुरीले बताउनुभयोे ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङका निमित्त कार्यालय प्रमुख मिनराज पुरीकोे अध्यक्षतामा सञ्चालन भएको कायृक्रममा प्रमुख अतिथि मष्टा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश खड्का रहनुभएको थियो भने विशिष्ट अतिथिमा मष्टा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार खड्का रहनुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला आयुर्वेदका सूचना अधिकारी कृष्ण कठायतले गर्नुभएको थियो ।



































