सुर्मा गाउँपालिका ४ मा वडा अध्यक्ष पदको लागी ७६ प्रतिशत मत खस्यो

Image
Nisarga Hospital

बझाङको सुर्मा गाउँपालिका ४ मा वडा अध्यक्ष पदको लागी भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म दुईवटा मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।

CP Hospital Dhangadhi

सुर्मा गाउँपालिका वडा नम्बर ४ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७६ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल १५ सय ५४ जना मतदाता मध्य ११ सय ७८ जना मतदानमा सहभागी भएका थिए ।

Attariya Hospital

बझाङको सुर्मा गाउँपालिका-४ मा एमालेबाट लखीचन्द्र बोहरा, काङ्ग्रेसबाट धिरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुष्कर बहादुर बोहरा गरी तीन जना उम्मेदवार छन् । केही बेर अगाडी सर्ब दलिए बैठक बसेको र ८/९ बजे भित्र मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

nawajiwan

गत निर्बाचनमा एमाले बाट निर्बाचित भएका वडा अध्यक्ष सर्जन बहादुर बोहराको निधन भए पछि सो वडामा उपनिबाृचन भएको हो । निर्वाचनमा सुर्मा गाउँपालिका वडा नम्बर ४ मा एमालेका सर्जन बहादुर बोहरा ६२९ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी काँग्रेसका लोक बहादुर बोहराले ६०४ मत पाएका थिए।