
बझाङको केदारस्यूँ गाउँपालिकाका विभिन्न वडाहरूमा प्राथमिक उपचार बक्स र स्टेचर बितरण गरिएको छ ।
सामुदायिक स्वास्थ्य सेवा सुदृढीकरण गर्न केदारस्यूँ गाउँपालिकाका ५ वटा वडामा प्राथमिक उपचार बक्स र स्टेचर वितरण गरिएको हो ।

दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना लागू भएक गाउँपालिकाको वडा नम्बर २, ३, ६, ७, र ८ का वडा स्तरीय विपत् व्यवस्थापन समितिलाई प्राथमिक उपचार बक्स र स्टेचर प्रदान गरिएको जनाइएको छ ।
“स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक उपकरणहरूको उपलब्धता अनिवार्य छ। प्राथमिक उपचार बक्स र स्टेचरले बिरामीलाई समयमै सहयोग पुर्याउन र आकस्मिक सेवाहरूलाई प्रभावकारी बनाउने उदेश्यले परियोजना मार्फत उक्त सामाग्री प्रदान गरिएको परियोजना संयोजक रमेश बहादुर मालीले जानकारी दिए ।


संयोजक मालीले विपत् व्यवस्थापन समितिले मासिक वा त्रैमासिक बैठक गरी यसलाई अझ प्रभावकारी बनाउनुपर्ने र समय समयमा सेवा तथा प्रगतिको समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
वडा नम्बर ८ का वडाध्यक्ष सुरेश बहादुर जेठाराले संस्थालाई धन्यवाद व्यक्त गर्दै भने, “प्राथमिक उपचार बक्स र स्टेचरले आकस्मिक अवस्थाहरूमा बिरामीको जीवन रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। यसले हाम्रो स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछ।
यस परियोजनाले विपत् व्यवस्थापन र समुदायको सेवामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।






























