
बझाङः केदारस्यु गाउँपालिकाले अपाङ्गता भएका ७ जना लाइ सहायता सामग्री वितरण गरेको छ । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पालिका भरीका ७ जना अपाङ्गता भएका व्यक्ति लाइ सहायता सामग्री अन्तर्गत बैसाखी वितरण गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घले तय गरेको ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार,अपाङ्गता भएका व्यक्तिको प्रबल नेतृत्व यसको आधार’ भन्ने नारा सहित आज एक कार्यक्रमको आयोजना गरिएको थियो ।


कार्यक्रममा सहभागी अपाङ्गता व्यक्ति लाइ सम्मान सहित ७ जना लाइ बैसाखी वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मनिसा धामीले बताउनुभयो ।
अन्य अपाङ्गता भएका व्यक्तिहरू लाइ उनीहरूको समस्या बुझेर टिपोट गरिएकाले त्यही अनुसार आगामी दिनमा सहयोग गरीने उहाँले बताउनुभयो । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो ।


































