केदारस्यूँको भामचौर स्वास्थ्य चौकीमा विभिन्न स्वास्थ्य शिविर सम्पन्न, शिविरले नागरिकमा नयाँ ऊर्जा थप्यो

Image
Nisarga Hospital

बझाङको केदारस्यूँ गाउँपालिका ७ मा विभिन्न स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । केदारस्यूँ गाउँपालिका – ७ मा रहेको भामचौर स्वास्थ्य चौकीमा विभिन्न स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हो ।

CP Hospital Dhangadhi

शिविरमा स्थानीय बासिन्दाहरुको उत्साहजनक सहभागिता रहेको थियोे ।
स्वास्थ्य कार्यालय बझाङको आयोजना र केदारस्यूँ गाउँपालिकाको संयोजकत्वमा उक्त स्वास्थ्य चौकीमा परिवार नियोजन सम्बन्धि बन्ध्याकरण शिविर, नि:शुल्क प्रजनन स्वास्थ्य शिविर,शंकास्पद क्षयरोगका बिरामीका लागि नि:शुल्क खकार परिक्षण शिविर, ग्रामीण अल्ट्रासाउन्ड लगायतका शिविर सञ्चालन गरिएको थियोे । जसमा शिविरबाट भिडियो एक्सरे सेवा गर्भवती १५ जना महिला, बन्ध्याकरण सेवा ५ जना पुरुष, प्रजनन सेवा १ सय ५० बढीले नि:शुल्क सेवा लिएका छन् ,भने शिविरमा नागरिकले खकार परिक्षण सेवा समेत लिएका थिए । त्यस्तै वडा नम्बर ७ मा रहेको विद्यालयहरूमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रारम्भिक स्वास्थ्य चेक जाँच गरिएको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अम्मराज बिष्टले सुदूर खबरलाई जानकारी दिए ।
स्थानीय समुदायलाई लक्षित गरी आयोजना गरिएको यस शिविरमा विशेषज्ञ डाक्टर रोहित कुमार गिरी सहितको स्वास्थ्यकर्मीको टोलीले बिरामीहरूलाई स्वास्थ्य सेवा दिएको थियोे ।

स्वास्थ्य शिविरले नागरिकहरूमा नयाँ ऊर्जा थपेको छ। शिविरमा स्थानीय बासिन्दाले आफ्नो स्वास्थ्य जाँच गराउन पाउँदा र आवश्यक परामर्श तथा औषधि प्राप्त गर्दा निकै खुशी व्यक्त गरेका छन्।

nawajiwan

शिविरमा सहभागी भएकाहरूले भने, “हामीले यति राम्रो सेवा यहीँ गाउँमा पाउने अपेक्षा गरेका थिएनौं। डाक्टर र स्वास्थ्यकर्मीहरूले हामीसँग धेरै माया गरेर व्यवहार गर्नुभयो। यो हाम्रो लागि ठूलो सहयोग हो।”

Attariya Hospital

स्वास्थ्य शिविरले विशेषगरी स्वास्थ्य समस्या भएका वृद्धवृद्धा, महिलाहरू, र बालबालिकाको आवश्यकतामा ध्यान दिएको थियो। केदारस्युँ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिष्टका अनुसार, “स्थानीयको स्वास्थ्यमा सुधार ल्याउनु र नियमित स्वास्थ्य जाँचप्रति सचेत बनाउनु हाम्रो प्राथमिकता थियो। नागरिकहरूको उत्साहले हाम्रो प्रयास सफल भएको महसुस गराएको छ।”

शिविरपछि धेरैले यस्ता कार्यक्रमले गाउँ-समुदायमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। सहभागीहरूले स्वास्थ्य चौकी र स्थानीय प्रशासनलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन माग गरेका छन्।

स्वास्थ्य शिविर कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा, अन्य जनप्रतिनिधि, डाक्टर दिल बहादुर गुर्धामी, डाक्टर कमल सिंह लगायत अन्य स्वास्थ्यकर्मीहरुको उपस्थिथि रहेको थियो ।