
बझाङ – नेपाल पत्रकार महासंघ बझाङ शाखाको पहिलो कार्यकालको लागि अध्यक्ष पदमा डिबी निर्वाचित भएका छन् ।
मंसिर २८ गते भएको निर्वाचनबाट अध्यक्षमा दुई उम्मेदवारले समान मत प्राप्त गरेपछि गोला प्रथाबाट पहिलो कार्यकालको लागि बिष्ट निर्वाचित भएका हुन् ।

शुक्रबार भएको मतदानमा अध्यक्षका उम्मेदवार ढेपबहादुर बिष्ट (डिबी) र ललित बहादुर सिंहले समान ३३ मत प्राप्त गरेकामा दुई उम्मेदवारले आधा–आधा कार्यकाल जिम्मेवारी लिने सहमति गरेसँगै निर्वाचन समितिले दुवैलाई विजयी भएको घोषणा गरेको थियोे ।
अध्यक्षद्वयलाई प्रारम्भ मितिदेखि एक वर्ष ६ महिनाको अवधिसम्म बिष्ट र त्यसपछि सिंहले अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
अध्यक्षमा व्यवसायिक तथा श्रमजीवी पत्रकार बिष्ट निर्वाचित भएपछि महासंघलाई चलायमान र पत्रकारहरूकाे पेशागत हकमा लाग्ने अपेक्षा गरिएको छ ।


त्यस्तै उपाध्यक्षमा रुपक खड्का , महिला उपाध्यक्षमा तरुणा जोशी, सचिवमा प्रताप ओली , कोषाध्यक्षमा दोरेन्द्र खड्का सहसचिव खुल्ला तर्फ विर्ख बोहरा, सहसचिव समाबेसी तर्फ समीर खत्री, कोषाध्यक्षमा दोरेन्द्र खड्का, सदस्यमा महेन्द्र खड्का, अशोक खड्का,सत्यराज सिंह, सुरेश धामी, शिवजी मण्डेल, गगन रावत, हिमाल धामी, कल्पना उपाध्याय, शुभकामना रोकाया रहेका छन् ।
यसैगरी प्रदेश परिषद् सदस्यमा शैलेन्द्र रोकाया, राजेन्द्र सिंह , कृष्ण जोशी, दिपक भण्डारी र आशिष सिंह रहेका छन् ।






























