
बझाङको छबिसपाथिभेरा गाउँपालिका ७ का जेष्ठ नागरिक, एकल महिला र अशक्तहरुलाई न्यानो बलाङ्केट बितरण गरिएको छ ।
आज ,वडा कार्यालय मजखोरीमा एक कार्यक्रमका बिच जेष्ठ नागरिक, एकल महिला र अशक्तहरुलाई न्यानो बलाङ्केट बितरण गरिएको हो ।


जाडो यामको कठ्याङ्ग्रिदो चिसोबाट जेष्ठ नागरिक तथा एकल महिला र अशक्तहरुलार्ई राहत दिनको लागि न्यानो ब्लाङ्केट वितरण गरिएको वडा कार्यालयल जनाएको छ । गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा मार्फत उपलब्ध गराएको उक्त न्यानो बलाङ्केट सम्बन्धित व्यक्तिलाई वडा कार्यालयमा बोलाएर प्रदान गरिएको वडाध्यक्ष बिजय बहादुर धामीले जानकारी दिए ।
यसरी वितरण गरिएका राहत सामग्रीले चिसो मौसममा जेष्ठ नागरिक, एकल महिला र अशक्तहरुको जीवनस्तरमा केही सहजता आउने अपेक्षा गरिएको छ।































