
केदारस्यु गाउँपालिका-२ जुबस्थित एकल महिला हरिकला देवी लुहारलाई अस्थायी टहरा निर्माण गरी हस्तान्तरण गरिएको छ । घर नभएर लामो समय देखि अरूको घरको गोठमा बस्दै आएकी एकल महिला लुहारको आज केदारस्यु गाउँपालिकाको सहयोगमा गाउँपालिका उपाध्यक्ष सहित कर्मचारीहरुो टोलिले अस्थाइ टहरा निर्माण गरेका हुन् ।

अघिल्लो वर्ष एकल महिला समूह गठन गदै जादा ल्वारको समस्या बुझेको थिए यतिबेला बजेट नहुदा थोरै राहत स्वरूप पाल, ओड्रने ओछ्याउने कपडा वितरण गरिएको थियो गाउँपालिका उपाध्यक्ष मनिसा धामीले बताउनुभयो । आज गाउँपालिका उपाध्यक्ष धामी र कर्मचारी सहित एकल महिलाको घरमा पुगेर अस्थाइ टहरा निर्माण गरी दिएका हुन् ।

लामो समयदेखि अरूको गोठमा बस्दै आउनुभएकी हरिकला देवी आर्थिक अभाव र तीन सन्तानका साथ कठिन परिस्थितिमा जीवन बिताइ रहनु भएको थियो। गाउँपालिकाले उहाँको सुरक्षित आवासका लागि पहल गर्दै टहरा निर्माण गरेको हो।
यो कार्यक्रम एकल महिलाहरूको सुरक्षा र सशक्तीकरणको दिशामा महत्वपूणर् कदम रहेको गाउँपालिका उपाध्यक्ष मनीषा धामीले बताउनुभयो । कार्यक्रमका क्रममा उपाध्यक्ष धामीले समाजका सबै पक्षले यस्ता व्यक्तिहरूलाई सहयोग गर्नुपर्ने बताउँदै सामुदायिक ऐक्यबद्धताको आवश्यकता औँल्याउनुभयो। कार्यक्रममा स्थानीय प्रतिनिधि, समाजसेवी, र समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।


यो पहलले समस्यामा परेका महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने र अन्य आर्थिक रूपमा कमजोर तथा एकल महिलाहरूलाई प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ । उपस्थित समुदायले गाउँपालिकाको यो कार्यको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर गर्नुपर्ने बताउनु भएको थियो ।
यो कार्य सफल बनाउन उपाध्यक्ष मनिषा धामी, वडा अध्यक्ष शेरबहादुर बिष्ट, समाजसेवी कवि रावल तथा अन्य कर्मचारीहरूको विशेष पहल रहेको छ।































