
बझाङमा एथ्लेटिक्स प्रशिक्षक तथा रेफ्री तालिम सञ्चालन हुनेभएको छ । बझाङ जिल्ला खेलकुद समितिको आयोजनामा एथ्लेटिक्स प्रशिक्षकका लागि प्रशिक्षण तथा रेफ्री तालिम सञ्चालन हुन लागेको हो ।

यहीँ पौष १४ गते देखि २० गते सम्म एथ्लेटिक्स प्रशिक्षकका लागि प्रशिक्षण तथा रेफ्री तालिम सञ्चालन गर्न लागेको जिल्ला खेलकुद समिति अध्यक्ष पुष्पलाल रोकायाले जानकारी दिए ।
जिल्ला खेलकुद समितिले एथ्लेटिक्स खेल क्षेत्रमा आवद्ध खेल शिक्षक, स्वयमसेवक प्रशिक्षक तथा निर्णायक (रेफ्री) लाई प्रशिक्षण कार्यक्रममा सहभागि हुन एक सूचना मार्फत जानकारी गराएको छ ।


कार्यक्रममा सहभागीहरूलाई<span;> एथ्लेटिक्सको नयाँ नियम, प्रविधि तथा खेलकुद व्यवस्थापनको आधारभूत ज्ञान प्रदान गरिने समेत अध्यक्ष रोकायाले बताए । तालिमको उद्देश्य खेलाडीको दक्षता अभिवृद्धि र प्रतियोगिताको गुणस्तर सुधार गर्नु रहेको छ ।
तालिममा जिल्ला भित्रका सबै माद्यामिक विद्यालयवाट १/१ जना र जिल्ला भित्रका क्रियासिल एथ्लेटिक्स खेल संग आवद्ध खेल स्वयमसेवक प्रशिक्षक तथा निर्णायक (रेफ्री) गरी जम्मा १५ जना सम्म सहभागि गराईने छ ।































